बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

चरङ्गे भुमिगत खानेपानी संस्थाको चौथो साधारण सभा सम्पन्न

चरङ्गे भुमिगत खानेपानी संस्थाको चौथो साधारण सभा सम्पन्न

images
  • 435
    SHARES

  • images
    images
    images
    चरङ्गे भुमिगत खानेपानी संस्थाको चौथो साधारण सभा सम्पन्न
    images
    images
    images

    केशव पराजुली, लुम्बिनी पाना।रुपन्देहीको देवदह स्थित चरङ्गे भुमिगत खानेपानी तथा सरसफाई संस्थाको चौथो साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पोम बहादुर जिसीको अध्यक्षता र देवदह नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष यक बहादुर सुनारको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

    कार्यक्रममा देवदह १० का वडा अध्यक्ष यक बहादुर सुनारले विकास निर्माणको काममा राजनितिक चिन्तन ‘हुन नहुने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वडा अध्यक्ष सुनारले संस्थाको काम गर्दा निर्णय भैसकेपछि एकरुपताका साथ काम गर्न आग्रह गर्नु भयो । 

    images
    images
    images

    उहाँले जनताको हितमा आफु संधैभरि काम गरिरहेको र आगामी दिनमा समेत जनताको हितमा काम गर्ने प्रतिबद्धता ब्याक्त गर्नुु भयो । संस्थाका संस्थापक अध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष सुनारले विगतको भन्दा हालको खानेपानी संस्था पारदर्शिता भएको प्रति धन्यवाद ज्ञापन गर्दै साविकको स्वास्थ्य कार्यालय रहेको स्थान खानेपानीलाई हस्तान्तरण गर्ने बचन बद्धता ब्याक्त गर्नु भयो । 

    सोही कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य कुमार परियारले आर्थिक अवस्था कम्जोर भएका जनतालाई समेत खानोपानी वितरण गर्न मिल्ने गरी निति बनाउन आग्रह गर्नुु भयो । उक्त कार्यक्रममा खानेपानी महासंघ देवदहका अध्यक्ष गुुमान सिंह कुँवरले पहुुँचका आधारमा खानेपानी खानेपानीको बजेट विनियोजन हुन नहुने जिकिर गर्नु भयो । 

    कार्यक्रममा संस्थाका अध्यक्ष पोम बहादुर जिसीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्वच्छ खानेपानी २४ घण्टा वितरण गर्ने प्रतिबद्धता गर्दै आगामी दिनमा खानेपानीलाई विस्तार गर्दै जाने बताउनु भयो ।

    सोही कार्यक्रममा सचिव खिम पुनले बार्षिक प्रतिवेदन , कोषाध्यक्ष एक नारायण रिजालले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक डिल्लीराम रिजालले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाको कार्यक्रममा पूर्व पदाधिकारी लाई सम्मान गरिएको थियो । 

    संस्थाका उपाध्यक्ष खेम बहादुर गुरुङ्गको स्वागत तथा सह सचिव राम प्रसाद काफलेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij