मंगलवार, कार्तिक ११ गते २०८३
लुम्बिनी पाना, देवदह। लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ पी नेपाल, एरिया ३, रिजन ९ को आयोजनामा जोन १८ र १९ अन्तर्गतका लायन्स क्लबका सदस्य तथा पदाधिकारीहरूलाई लक्षित गरी लायन्स अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुनवलस्थित रातो भाले कटेजमा आयोजित कार्यक्रममा लायन्स तथा लियो सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका डिस्ट्रिक्ट गभर्नर PMJF लायन सन्दीप कसौधनले सिकाइ कहिल्यै पूर्ण नहुने भन्दै जीवनमा निरन्तर सिक्दै अघि बढ्नुपर्नेमा जोड दिए। उनले संस्थाको उद्देश्य र मर्मलाई आत्मसात् गर्दै नयाँ ज्ञान, सीप र अनुभव हासिल गर्नु आवश्यक रहेको उल्लेख गरे। लायन्स अभियानलाई थप प्रभावकारी बनाउन सदस्यहरूले आफूलाई समयानुकूल परिमार्जन गर्दै नेतृत्व क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा GLT कोअर्डिनेटर MJF लायन माधव खनाल र सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर PMJF लायन अर्चित श्रेष्ठले लायन्ससम्बन्धी प्रशिक्षण तथा सहजीकरण गरेका थिए। उनीहरूले लायन्स अभियानको उद्देश्य, नेतृत्व विकास, संस्थागत जिम्मेवारी, सेवाभाव र सामाजिक सेवामा सदस्यहरूको भूमिकालगायतका विषयमा जानकारी गराएका थिए।
आयोजक संस्था डिस्ट्रिक्ट ३२५ पी नेपाल, एरिया ३, रिजन ९ का रिजन चेयर पर्सन लायन कमल पौडेलले लायन्स किन बन्ने, सेवाभावको महत्त्व र सामाजिक सेवामार्फत समाजमा सकारात्मक परिवर्तन कसरी ल्याउन सकिन्छ भन्ने विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उनले लायन्स अभियान केवल सदस्यतामा सीमित नभई सेवाभाव, मानवीय सहयोग र सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान भएको उल्लेख गर्दै सदस्यहरूलाई संस्थाको मूल मर्मअनुसार सेवामुखी भावनाका साथ अघि बढ्न अभिमुखीकरण कार्यक्रमले प्रेरित गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा डिस्ट्रिक्टका विभिन्न पदाधिकारी, एरिया चिफलगायत लायन्स लिडरहरूको उपस्थिति रहेको थियो। ६ कार्यक्रममा सहभागी लायन्स तथा लियो सदस्यहरूले संस्थाको उद्देश्य, नेतृत्व विकास र सामाजिक सेवाका क्षेत्रमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने विषयमा जानकारी प्राप्त गरेका थिए।
लायन्स अभियानको मूल उद्देश्य मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्नु भएकाले यस्ता अभिमुखीकरण कार्यक्रमले सदस्यहरूमा सेवाभाव, नेतृत्व क्षमता, आपसी सहकार्य र संस्थागत एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij