मंगलवार, कार्तिक ११ गते २०८३

Logo मंगलवार, कार्तिक ११ गते २०८३
images
images

देवदह-५ का २१ वटा टोल विकास संस्थाको संयुक्त बैठक, सामाजिक विकृति नियन्त्रणमा जोड

देवदह-५ का २१ वटा टोल विकास संस्थाको संयुक्त बैठक, सामाजिक विकृति नियन्त्रणमा जोड

images
  • 87
    SHARES

  • images
    images
    images
    देवदह-५ का २१ वटा टोल विकास संस्थाको संयुक्त बैठक, सामाजिक विकृति नियन्त्रणमा जोड
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ मा रहेका २१ वटा टोल विकास संस्थाको संयुक्त बैठक सम्पन्न भएको छ। शुक्रबार वडा कार्यालयमा आयोजित बैठकमा टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।

    बैठकमा समसामयिक विषयमा छलफल गर्दै टोल विकास संस्थामार्फत योजना सम्झौता तथा कार्यान्वयन गर्ने, जुवातास तथा खोरखोरेजस्ता सामाजिक विकृति नियन्त्रण गर्ने र चाडपर्वका समयमा हुन सक्ने चोरीका घटनाप्रति सचेत रहन समुदायलाई जागरुक बनाउनेलगायतका विषयमा निर्णय गरिएको बताइएको छ।

    images
    images
    images

    त्यसैगरी, धान थ्रेसर प्रयोग गर्दा सडकतर्फ धानको थ्रेसर तेर्साएर काम गर्ने गरिएको गुनासो बढ्दै गएको विषयमा पनि बैठकमा छलफल भएको थियो। यसरी थ्रेसर सञ्चालन गर्दा सडकमा आवतजावत गर्ने सवारीसाधन तथा पैदलयात्रीलाई दुर्घटनाको जोखिम बढ्ने भएकाले सम्बन्धित टोल विकास संस्थालाई निगरानी तथा नियमनको जिम्मेवारी दिने विषयमा जोड दिइएको थियो।

    बैठकमा बुद्ध टोल विकास संस्थाका तर्फबाट गोमा खरेल, सुन्दर टोल विकास संस्थाका तर्फबाट श्यामभक्त कँडेल तथा गुरुङ टोल विकास संस्थाका तर्फबाट तेजबहादुर क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा देवदह नगरपालिका वडा नं. ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता गणेश डुम्रेले टोल विकास संस्थाहरू स्थानीय विकास, सामाजिक सद्भाव र शान्ति सुरक्षाका महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। उहाँले टोल विकास संस्थाहरूले स्थानीय समस्या पहिचान गरी समाधानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सामाजिक विकृति नियन्त्रण, चोरी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि तथा विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    बैठकले टोल विकास संस्थाहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै वडाको समग्र विकास तथा सामाजिक सुधारका कार्यमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij