बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

कलश चोरी गर्ने व्यक्ति देवदहबाट पक्राउ

कलश चोरी गर्ने व्यक्ति देवदहबाट पक्राउ

images
  • 2.5K
    SHARES

  • images
    images
    images
    कलश चोरी गर्ने व्यक्ति देवदहबाट पक्राउ
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । स्थायी प्रहरी चौकी खैरेनीले घर तथा मन्दिरमा राखेको कलश चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।पछिल्लो समय देवदह क्षेत्रमा निरन्तर रुपमा कलश चोरीको घटना वृद्धि भएपछि प्रहरीले विशेष सक्रियता देखाएको थियो।

    प्रहरी चौकी खैरेनीबाट खटिएको गस्ती टोलिले शनिबार राती १२ बजे देवदहको देवी दमारबाट कलश सहित एक व्यक्तिलाई पक्राउ गरि थप कारबाहीको लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको स्थायी प्रहरी चौकी खैरेनीका इन्चार्ज प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले जानकारी दिनुभयो।

    images
    images
    images

    निरीक्षक नेपालीले लुम्बिनी पाना पत्रीकालाई दिएको जानकारी अनुसार देवदह -४ को देविदमारबाट कलश चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको र गिरोहनै हुन सक्ने भन्दै मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइने जानकारी दिनुभयो। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै पक्राउ परेको व्यक्तिको नाम भने गोप्य राखिएको छ।

    पछिल्लो केही महिना यता रुपन्देहीको देवदह, तिलोत्तमा, बुटवल र सैनामैना क्षेत्रबाट समेत मन्दिरको दानपेटिका, मन्दिर र घरको ढोकामा राखिएको कलशहरु चोरी भएका थिए।चोरी गर्ने गिरोहलाई नियन्त्रण गर्न र चोरीका घटनालाई न्यूनीकरणका लागि प्रहरीले सक्रियता बढाएको इन्चार्ज नेपालीले लुम्बिनी पानालाई जानकारी दिनुभयो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij