बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

देवदह नगरपालिकाको दोस्रो चौमासिक प्रतिवेदन: राजश्व संकलन न्यून, भौतिक प्रगति सन्तोषजनक

देवदह नगरपालिकाको दोस्रो चौमासिक प्रतिवेदन: राजश्व संकलन न्यून, भौतिक प्रगति सन्तोषजनक

images
  • 935
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाको दोस्रो चौमासिक प्रतिवेदन: राजश्व संकलन न्यून, भौतिक प्रगति सन्तोषजनक
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। देवदह नगरपालिकाको नियमित मासिक पत्रकार सम्मेलन आइतबार सम्पन्न भएको छ। देवदह नगरपालिकामा सम्पन्न पत्रकार सम्मेलनमा पालिकाको दोश्रो चौमासिक सम्म २५ प्रतिशत भौतिक र ११ प्रतिशत आर्थिक प्रगति भएको नगरपालिकाले जनाएको छ।

    कार्यक्रममा नगरपालिकाकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ्गले सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर कार्य गर्ने बताउनुभयो।पालिकाले योजना सम्झौतादेखि लिएर कार्यान्वयनको पाटोसम्म उपभोक्ता र आम सेवाग्राहीलाई सहजाता सृजना गरेको बताउँदै अझ सुधार गर्दै परिस्कृत गर्दै लैजाने उहाँको भनाई थियो।

    images
    images
    images

    त्यस्तै देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले नियमित पत्रकार सम्मेलनको औचित्य पुष्टि गर्दै नगरपालिकाका कार्यप्रगती विवरण र भए गरेका कार्यलाई आम सर्वसाधारण र सेवाग्राही माझ पुर्याउन पत्रकार सङ्गको साक्षत्कारले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो।

    कार्यक्रममा योजना शाखाका प्रमुख रमेश गिरीले नगरपालिकाले आर्थिक बर्ष २०८१-०८२ को ४४८ वटा योजना मध्य ३३२ वटा योजना सम्झौता भैसकेको, काम सम्पन्न भएर भुक्तानी लगेको १६३ वटा योजना र सम्झौता हुन बाकी योजना ११९ वटा रहेको जानकारी दिनुभयो।

    त्यस्तै आर्थिक विकास शाखाका प्रमुख निरज पौडेलले नगरपालिकाले यस आर्थिक वर्षमा २५ करोड ४६ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएपनि फागुन मसान्त सम्म ४ करोड ५४ लाख मात्र राजश्व संकलन भएको जानकारी दिनु भयो । चालु खर्च तर्फ २७ करोड ७२ लाख ६२ हजार ९ सय ६२ र पुजीगत तर्फ ७ करोड ३१ लाख ९४ हजार १५५ रुपैया खर्च भएको र २०७३ साल देखि हाल सम्म २० करोड ५४ लाख ३३ हजार बेरुजु रहेको पौडेलले जानकारी दिनुभयो।

    कार्यक्रममा भौतिक पुर्वाधार शाखा प्रमुख राजकुमार यादवले एशियाली विकास बैकको साझेदारीमा देवदहमा १७ किलोमिटर स्तरीय दुई लेनको बाटोको लागी ठेक्का प्रक्रिया भएर योजना कार्यान्वयनको सुरुवात भएको बताउनुभयो ।इन्जिनियर यादवले अन्य भौतिक पूर्वाधारका योजनाहरुलाई समेत प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो।

    पत्रकार सम्मेलन कार्यवहाक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको स्वागत र नगर प्रवक्ता गणेश डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij