बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

देवदह सहकारी सञ्जालका अध्यक्ष पङ्गेनी मृत अवस्थामा फेला, निष्पक्ष छानबिनको माग

देवदह सहकारी सञ्जालका अध्यक्ष पङ्गेनी मृत अवस्थामा फेला, निष्पक्ष छानबिनको माग

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    देवदह सहकारी सञ्जालका अध्यक्ष पङ्गेनी मृत अवस्थामा फेला, निष्पक्ष छानबिनको माग
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह–२ निवासी ५५ वर्षीय जागेश्वर पङ्गेनी पाल्पाली सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन्। च्याउ खोज्न जंगल पुगेका स्थानीयले पङ्गेनी सवार मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    देवदहको भलुहीदेखि केउली जाने सडकखण्डअन्तर्गत पाल्पाली सामुदायिक वनमा पङ्गेनी शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

    images
    images
    images

    पङ्गेनी बिहीबार बिहान करिब ९ बजे ‘भैरहवा जान्छु’ भन्दै घरबाट निस्किएका थिए। साँझसम्म पनि घर नफर्किएपछि र फोन मार्फत समेत सम्पर्क नभएपछि परिवारले प्रहरीलाई जानकारी गराउँदै खोजी गरिदिन आग्रह गरेको थियो।

    त्यसपछि प्रहरीले मोबाइलको लोकेसन देखिएको सम्भावित स्थानमा खोजी गरे पनि पङ्गेनी फेला परेका थिएनन्। अन्ततः पाल्पाली सामुदायिक वनमा उनी मृत अवस्थामा फेला परेका हुन्।

    निष्पक्ष छानबिन गर्न सहकारी क्षेत्रको अपिल

    यसैबीच, जिल्ला सहकारी संघ लिमिटेड, रुपन्देहीले पङ्गेनीको मृत्यु शंकास्पद अवस्थामा भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ।

     

    1790944442890.jpg

     

    संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दुग्ध उत्पादक जिल्ला सहकारी संघ रुपन्देही र देवदह सहकारी सञ्जालका अध्यक्षसमेत रहेका पङ्गेनीको शंकास्पद मृत्युले सहकारी क्षेत्रलाई स्तब्ध र त्रसित बनाएको जनाएको छ।

    घटनाको वास्तविक कारण पत्ता लगाउन निष्पक्ष, प्रभावकारी र गम्भीर अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग संघले माग गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, आश्विन १६ २०८३०७:०२:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij