बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

आफन्त सहकारीमा ३४ करोड बचत र ३० करोड ५० लाख ऋण लगानी, सम्पत्ति ४२ करोड ३२ लाख बढी

आफन्त सहकारीमा ३४ करोड बचत र ३० करोड ५० लाख ऋण लगानी, सम्पत्ति ४२ करोड ३२ लाख बढी

images
  • 279
    SHARES

  • images
    images
    images
    आफन्त सहकारीमा ३४ करोड बचत र ३० करोड ५० लाख ऋण लगानी, सम्पत्ति ४२ करोड ३२ लाख बढी
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । आफन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।

    संस्थाले असोज १७ गते शनिबार आफ्ना चारवटा सेवा केन्द्रमार्फत इकाइगत साधारण सभा सम्पन्न गरेको थियो। संस्थाअन्तर्गतका शंकरपुर, धकधई, खैरेनी र ६ नम्बर सेवा केन्द्रमा आयोजित इकाइगत साधारण सभा उत्साहजनक सहभागिता र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएका हुन्। संस्थाका कुल ६ हजार ५९५ सदस्य रहेकामा शंकरपुर सेवा केन्द्रमा १ हजार ५०७, धकधईमा ६७२, खैरेनीमा ७३५ र ६ नम्बर सेवा केन्द्रमा ८११ गरी कुल ३ हजार ७२५ सदस्यको सहभागिता रहेको थियो। यो कुल सदस्य संख्याको ५६ दशमलव ४६ प्रतिशत हो।

    images
    images
    images

    संस्थाका व्यवस्थापक विजयबहादुर क्षेत्रीका अनुसार संस्थाको शेयर पुँजी २ करोड ९७ लाख २२ हजार ३ सय रुपैयाँ, कुल बचत निक्षेप ३४ करोड ३१ लाख ३४ हजार ४७१ रुपैयाँ, ऋण लगानी ३० करोड ५० लाख २४ हजार १९३ रुपैयाँ र कुल सम्पत्ति ४२ करोड ३२ लाख १७ हजार ५६० रुपैयाँ रहेको छ।

    इकाइगत साधारण सभाका अवसरमा सेवा केन्द्रअनुसार उत्कृष्ट सुझावकर्ता, व्यवसायी, बचतकर्ता, नियमित बचतकर्ता, ऋण कारोबारकर्ता, बाल बचतकर्ता तथा दैनिक बचतकर्तालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो। यस्तै, संस्थाका ज्येष्ठ सदस्यहरूलाई नगदसहित सम्मान गरिएको थियो भने ज्येष्ठ सदस्यकै करकमलबाट कार्यक्रमको उद्घाटन गरिएको थियो।

    साधारण सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति तथा लेखापरीक्षण प्रतिवेदनलगायत कार्यसूचीमा समावेश विभिन्न प्रस्तावमाथि छलफल गरी पारित गरिएको थियो। कार्यक्रममा वक्ताहरूले सहकारी संस्था नीति, विधि र सहकारीका सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।

    सभामा संस्थाको वर्तमान अवस्था, आर्थिक गतिविधि, बचत तथा ऋण परिचालन, सदस्यहरूको हकहित, संस्थागत सुशासन तथा सदस्य कल्याणका विषयमा छलफल तथा विचार–विमर्श गरिएको थियो। साथै संस्थाको दिगो विकास, सदस्यहरूबीच आपसी सहयोग, वित्तीय अनुशासन र संस्थाप्रतिको अपनत्व अभिवृद्धि गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

    चारवटै सेवा केन्द्रमा इकाइगत साधारण सभा सम्पन्न भएपछि असोज १८ गते आइतबार संस्थाको मूल समारोह आयोजना गरी १५ औँ वार्षिक साधारण सभा सम्पन्न गरिएको हो। संस्थाका अध्यक्ष चन्द्रकान्त पराजुलीको अध्यक्षतामा सम्पन्न मूल समारोहमा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार गणेश सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्थाका निवर्तमान सचिव मनकला पाण्डे, लेखा समिति संयोजक कृष्णबहादुर थापा, कोषाध्यक्ष पार्वती न्यौपाने तथा विभिन्न उपसमितिका सदस्यहरूले संस्थाका गतिविधि, प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाका विषयमा आ–आफ्ना भनाइ राखेका थिए।

    कार्यक्रममा वक्ताहरूले संस्थाको विकास, सदस्यहरूको हित तथा सहकारीको दिगो विकासका लागि सदस्यहरूबीचको एकता, सहकार्य र विश्वासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

    संस्थाका सचिव अर्जुनकुमार गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू, कर्मचारी र शेयर सदस्यहरूको सहभागिता रहेको थियो।

    इकाइगत साधारण सभा तथा मूल समारोहले संस्थाप्रति सदस्यहरूको विश्वास, सक्रिय सहभागिता र अपनत्वलाई थप बलियो बनाएको संस्थाले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij