बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

देवदह बुद्ध पब्लिक स्कुलमा इन्ट्रयाक्ट क्लब गठन

देवदह बुद्ध पब्लिक स्कुलमा इन्ट्रयाक्ट क्लब गठन

images
  • 372
    SHARES

  • images
    images
    images
    देवदह बुद्ध पब्लिक स्कुलमा इन्ट्रयाक्ट क्लब गठन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह बुद्ध पब्लिक इङ्लिस बोर्डिङ स्कुलमा रोटरी क्लब अफ देवदहको प्रायोजनमा इन्ट्रयाक्ट क्लब अफ देवदह बुद्द पब्लिक गठन गरिएको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता, सेवाभाव, सामाजिक उत्तरदायित्व, अनुशासन र सहकार्यको भावना विकास गर्ने उद्देश्यले क्लब गठन गरिएको हो ।

     

    images
    images
    images

    IMG-20261007-WA0040.jpg

     

    रोटरी क्लब अफ देवदहाका अध्यक्ष रोटरियन नारायण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट जयकिशन अधिकारी, इमिडिएट पास्ट प्रेसिडेन्ट डोलराज न्यौपाने (अर्जुन), मेम्बरसिप चेयर दुर्गा भुर्तेल र सचिव रामचन्द्र उपाध्यायको उपस्थिति रहेको थियो।

    विद्यालयका भाइस प्रिन्सिपल वेद सूर्यवंशी र ईसीए कोअर्डिनेटर ढुण्डिराज मरासिनीको समेत उपस्थिति रहेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेलाई क्लब एडभाइजर तथा शिक्षक नारायण लामिछानेलाई फोकल शिक्षकको जिम्मेवारी प्रदान गरिएको छ । क्लबको अध्यक्षमा आयुष्मा अर्याल, उपाध्यक्षमा सुजन दर्लामी, सचिवमा महिमा थापा, कोषाध्यक्षमा विष्णु पाण्डे र जोइन्ट सेक्रेटरीमा कावेरी सुनार चयन भएका छन्।

    त्यस्तै मेम्बरसिप डाइरेक्टरमा स्मृति सुनार, कम्युनिटी सर्भिस डाइरेक्टरमा सन्देश पराजुली, सर्भिस डाइरेक्टरमा प्रज्वल सलामी तथा पब्लिक इमेज डाइरेक्टरमा शीर्षक तिवारी रहेका छन्। । विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरले इन्टरयाक्ट क्लबले विद्यार्थीहरूलाई समुदायका समस्या पहिचान गरी समाधानका लागि सामूहिक रूपमा काम गर्न, सामाजिक तथा सेवामूलक गतिविधिमा सहभागी हुन र आफ्नो क्षमता तथा आत्मविश्वास विकास गर्न क्लबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

    क्लबमार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सरसफाइ, जनचेतना, वृक्षरोपण तथा विभिन्न सामुदायिक सेवाका कार्यक्रमहरू सञ्चालन गरि यसबाट विद्यार्थीहरूमा नेतृत्व र व्यवस्थापन क्षमता विकास हुनुका साथै विद्यालय र समुदायप्रतिको जिम्मेवारीबोधसमेत बढ्ने अपेक्षा गरिएको क्लबका चार्टर प्रेसिडेन्ट जयकिशन अधिकारी बताउनुभयो ।

    कार्यक्रममा रोटरी क्लब अफ देवदहाका प्रेसिडेन्ट नारायण भण्डारीले विद्यार्थीहरूमा सानै उमेरदेखि सेवाको संस्कार, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारी विकास गर्न इन्टरयाक्ट महत्वपूर्ण माध्यम भएको बताउँदै नवगठित क्लबले विद्यालय तथा समुदायमा प्रभावकारी सेवामूलक गतिविधि सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

    रोटरी इन्टरनेसनलबाट क्लबको चार्टर प्रमाणपत्र प्राप्त भएपछि चार्टर समारोह आयोजना गरिने क्लब मेम्बरसिप चेयर दुर्गा भुर्तेलले बताउनुभयो ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij