बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

देवदहमा विद्यालयका चालक तथा सहचालकलाई रिफ्लेक्टिभ ज्याकेट वितरण

देवदहमा विद्यालयका चालक तथा सहचालकलाई रिफ्लेक्टिभ ज्याकेट वितरण

images
  • 308
    SHARES

  • images
    images
    images
    देवदहमा विद्यालयका चालक तथा सहचालकलाई रिफ्लेक्टिभ ज्याकेट वितरण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । पूर्वी क्षेत्र निजी विद्यालय एसोसिएसन (इप्सा) देवदहले विद्यालयका सवारी चालक तथा सहचालकलाई रिफ्लेक्टिभ ज्याकेट वितरण गरेको छ। सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ज्याकेट वितरण गरिएको हो।

    इप्सामा आबद्ध १७ वटा विद्यालयका एक सयभन्दा बढी चालक तथा सहचालकलाई ज्याकेट प्रदान गरिएको संस्थाका अध्यक्ष विनोद थापामगरले जानकारी दिनुभयो।

    images
    images
    images

    कार्यक्रममा संस्थाका सल्लाहकार रामबहादुर गुरुङले चालक तथा सहचालकको जिम्मेवार व्यवहारले सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विद्यालयका सवारीसाधनमा भविष्यका कर्णधार बालबालिका यात्रा गर्ने भएकाले उनीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो। उहाँले चालक तथा सहचालकलाई ट्राफिक नियमबारे सचेत गराउनुका साथै संस्थाले उपलब्ध गराएका ज्याकेटको उचित प्रयोग गर्न आग्रह गर्नुभयो।

    कार्यक्रममा ट्राफिक नियमसम्बन्धी जानकारी गराउँदै देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक भीमसेन बिष्टले दुर्घटना न्यूनीकरणका लागि सबै सडक प्रयोगकर्ता सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। उहाँले बुटवल–नारायणगढ सडक विस्तारका क्रममा दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्दै सडकमा यात्रा गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्नुभयो।

    इप्सा देवदहका अध्यक्ष विनोद थापाको अध्यक्षता तथा सचिव कमल पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij