बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

माई अरब लमजुङ दशैं कप २०२६ सम्पन्न, ओपन एजतर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी च्याम्पियन

माई अरब लमजुङ दशैं कप २०२६ सम्पन्न, ओपन एजतर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी च्याम्पियन

images
  • 224
    SHARES

  • images
    images
    images
    माई अरब लमजुङ दशैं कप २०२६ सम्पन्न, ओपन एजतर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी च्याम्पियन
    images
    images
    images

    निशान्त पाठक, दुबई । यूएईमा नेपाली समुदायबीच एकता, भाइचारा र फुटबलको विकास गर्ने उद्देश्यले आयोजित ‘माई अरब लमजुङ दशैं कप २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको ओपन एजतर्फ नखिल गोर्खा एफसी र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्स च्याम्पियन बनेका छन्।


    ओपन एजतर्फको फाइनलमा नखिल गोर्खा एफसीले मेची महाकाली एफसीलाई ५-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै विजेता टोलीले ९ हजार दिराम र उपविजेता टोलीले ४ हजार दिराम पुरस्कार प्राप्त गरेका छन्।

    images
    images
    images


    त्यस्तै, भेट्रान्सतर्फको फाइनलमा लमजुङ एफसी वारियर्स र ग्रीन सिटी इलाम एफसीबीच निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा ३–२ को जित निकाल्दै लमजुङ एफसी वारियर्सले उपाधि आफ्नो पक्षमा पारेको हो।


    लमजुङ एफसी–माई अरबको आयोजनामा तीन सातासम्म सञ्चालन भएको प्रतियोगितामा यूएईमा रहेका विभिन्न नेपाली फुटबल टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहभागी टोली, खेलाडी, यूएई नेपाली फुटबल संघ (UNFA), नेपाली रेफ्री कमिटी तथा सम्पूर्ण सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेको छ।


    आयोजकका अनुसार प्रतियोगिताले यूएईमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र भाइचारालाई थप सुदृढ बनाउनुका साथै नेपाली फुटबलको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याएको छ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij