
भदौ २४ नवलपरासी। दैनिक ज्यालादारी गर्ने र अति विपन्न तथा छाक टार्न नसक्नेहरुलाई लक्षित गरि बर्दघाटमा पनि फुड बैंक सञ्चालनमा आएको छ।
बिश्वभर आक्रान्त बनाईरहेको कोरोना भाईरस कोभिड १९ नेपालमा पनि समुदाय स्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सो रोगबाट जोखिम रनियन्त्रणका लागी सरकारलेआह्वान गरेको दोस्रो चरणको लकडाउन अर्थात बन्दाबन्दिका कारण दैनिक छाक टार्न समस्यामा परेका मजदुर तथा अति बिपन्न बगहरुलाई लक्षित गरि नवलपरासी लगाएत बिभिन्न स्थानहरुमा युवा समाजसेवी , बुद्धिजिवी, उद्योगी ,ब्यापारी हरुको पहलमा फुड बैंक संचालनमा ल्याई समुदायलाई सहयोग गरेका छन।

यसैबिच, राष्ट्यि युवा संघ नेपाल बर्दघाट नगर कमिटीको पहलमा बर्दघाटमा बुधबार देखि सो बैंक संचालनमा आएको छ। संघका नगर संयोजक राजेश तिवारीको संयोजकत्वमा नगर भित्रका युवाहरुको सक्रियतामा सो बैंक संचालनमा आएको हो। हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने मुल नारा सहित संचालित फुड बैंकमा दैनिक ज्याला मजदुरी गरी दैनिक संचालन गर्दै आएका समुदायलाई राहात स्वरुप खाद्यान्न , दाल, तेल, नुन, हरियो तरकारी, चिउरा, सोयाबिन लगाउतका सामाग्रि परिवार संख्या हेरी दैनिकी मजदुर गरेर छाक टार्ने मजदुर सुत्केरी महिला अनाथ बालबालिका र शारिरिक अपाङ्गता भएकाहरुलाई बितरण गरीएको संयोजक तिवारीले बताउनु भयो।

सो फुड बंक परिस्थिती सहज नहुञ्जेल बर्दघाटका सबै वडाहरुमा संचालन गरीने योजना रहेको र सोका लागी बिभिन्न स्थानिय तह राजनैतिक दल, उधोगी, ब्यापारी र समाजसेविहरु बाट सहयोग गर्न समेतसंयोजक तिवारीले अनुरोध गर्नुभएको छ। पहिलो चरणको लकडाउमा स्थानिय तहहरुले राहात बितरण गरेपनि दोसा रे चरणमा भने स्थानिय तहको ध्यान कोरोना संक्रमण न्युनिकरण तर्फ गएको र गरीव तथा बिपन्नलाई रोगले भन्दा पनि भोकले मर्न सक्नेभएकाले सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्ष अपनाएर सो फुड बैंक संचालन गरीएको हुदादैनिक छाक टार्न समस्या परेकाले मात्र फुड बैंकमा आई सहयोग लिन समेत राजेश तिवारीले अनुरोध गर्नुभएको छ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij