बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

ठगि गर्ने अनौठो धन्दा,शारीरिक सम्बन्ध राख्न बोलाएपछि ‘अपहरण’

ठगि गर्ने अनौठो धन्दा,शारीरिक सम्बन्ध राख्न बोलाएपछि ‘अपहरण’

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    ठगि गर्ने अनौठो धन्दा,शारीरिक सम्बन्ध राख्न बोलाएपछि ‘अपहरण’
    images
    images
    images

    118860410_650561392510916_2975467863426217878_n.gif

    काभ्रेमा एक पुरूषलाई अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको आरोपमा तीन जना पक्राउ परेका छन्।प्रहरीले धुलिखेल नगरपालिका-४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीय सविना तामाङ र उमा परियारलाई पक्राउ गरेको हो।

    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएसपी कुमार विक्रम थापाका अनुसार आकाश र सविना बिहीबार पक्राउ परेका थिए भने उमा शुक्रबार पक्राउ परेकी हुन्।यस घटनामा दुई जना अझै फरार छन्।

    उनीहरूले काभ्रे पाँचखाल नगरपालिका-१२ देवभूमि बस्ने २३ वर्षीया एक पुरूषलाई बुधबार ‘अपहरण’ गरेका थिए। शारीरिक सम्बन्ध राख्नका लागि बोलाएपछि ‘अपहरण’ गरेको डिएसपी थापाले बताए।आकाशकी श्रीमती सविना र ती पुरूषको पहिले नै फोनमार्फत् चिनजान भइसकेको थियो।

    बुधबार भने सबिनाले ती पुरूषलाई शारीरिक सम्बन्ध राख्ने भन्दै भेट्न बोलाए। त्यसपछि उनीहरू धुलिखेलको २८ किलोमा भेटे।भेट भएपछि सबिनाले ती पुरूषलाई जंगलमा लगेका थिए।'उनीहरूले पूर्वयोजना बनाएर शारीरिक सम्बन्ध राख्ने भन्दै बोलाउने अनि लुट्ने गरेको देखियो,'डिएसपी थापाले भने,'उनीहरू जंगलमा बस्ने बित्तिकै आकाश आएर त मेरो श्रीमतीसँग शारीरिक सम्बन्ध राख्ने भन्दै कुटपिट गरेको र पछि ५० हजार मागेका थिए।'

    तर ती पुरूषसँग पैसा नभएपछि कुरा बाहिरिएको उनले बताए।'उनीसँग पैसा नभएपछि उनीहरूले बन्धक बनाएर राखे। ती व्यक्तिले अर्कैलाई पैसा मगाएपछि कुरा बाहिरिएको हो,'उनले भने।प्रहरीले खबर पाएपछि ती पुरूषलाई बुधबार राति साढे ११ बजे उद्धार गरेको थियो।उनीहरूले अरूलाई ठगेका थिए कि थिएनन् भन्ने खुल्न सकेको छैन।

    118756363_329877011701203_3445680361491121271_n.gif

    उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४को परिच्छेद-१७ अपहरण वा शरीर बन्धकसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ।जिल्ला अदालत काभ्रेले उनीहरूलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ।रासस

    images
    images
    • शुक्रवार, भाद्र २६ २०७७०७:२०:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij