निर्मल एसपी मगर

देवदह ४ असोज।देवदह नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा आषाढ मसान्त सम्म १ करोड ८९ लाख ७९ हजार ८ सय ५७ रुपैया खर्च भएको विवरण सार्बजनिक गरेको छ।
लक डाउनमा अलपत्र परेका नागरिक लाई गन्तब्य सम्म पुर्याउन तथा बिभिन्न नाकामा भएका व्यक्तिहरुलाई क्वारेन्टिन सम्म ल्याउने कार्यमा भएको खर्च, यातायात शिर्षकमा ७ लाख ७० हजार छ सय रुपैया खर्च भएको छ।
त्यस्तै पहिलो र दोस्रो चरण गरि ४६९२ घर परिवारलाई राहत वितरण गर्दा ,राहत सामग्री खरिद ,ढुवानी प्याकेजिंग गरि जम्मा १ करोड ११ लाख ८९ हजार ७ सय ६५ रुपैया खर्च भएको छ।
स्वास्थ्यका कर्मचारीले जोखिम भत्ता मार्फत चैत्र महिनामा मात्र ८ लाख ८८ हजार बुझेका छन्। त्यस यता दोस्रो चरणमा बुझेको भत्ताको विवरण उल्लेख गरिएको छैन।
क्वारेन्टिन तथा आइसोलेशन निर्माणमा आषाढ मसान्त सम्म १७ लाख १४ हजार ६८५ रुपैया खर्च भएको छ। क्वारेन्टिन आवास व्यवस्थापन खर्च शिर्षकमा ५ लाख ९९ हजार ३ सय ६२ रुपैया खर्च भएको छ। २०७७ भाद्र २८ सम्म १०३८ जनालाई आवास व्यवस्थापन सेवा उपलब्ध गराइएको उल्लेख गरिएको छ।
त्यस्तै देवदह नगरपालिकाले संचालन गरेको ३ ओटा क्वारेन्टिन देवदह आदर्श बहुमुखी क्याम्पस ,केरवानी माबि तथा जनप्रिय माविको क्वारेन्टिनमा बसेका लाभग्राही ,सुरक्षा कर्मी र स्वास्थ्य कर्मीको खाजा खाना मार्फत २२ लाख ४८ हजार ९५१ रुपैया खर्च भएको छ।सुरक्षा व्यवस्थापन ,सरसफाई तथा स्वास्थ्य सामग्री उपकरण लगायत औषधिजन्य सामग्री खरिदमा १४ लाख ३८ हजार २ सय ६३ खर्च भएको उल्लेख छ।
त्यस्तै स्वास्थ्य चौकी व्यवस्थापन खर्च शिर्षकमा १ लाख ४० हजार २ सय ३१ गरि जम्मा १ करोड ८९ लाख ७९ हजार ८ सय ५७ रुपैया खर्च भएको विवरण सार्बजनिक गरिएको हो।
प्रकोप व्यवस्थापन तथा रोकथामको लागि प्रकोप व्यवस्थापन कोषमा बिभिन्न संघ सस्थाको २७ लाख भन्दा बढी ,प्रदेश ५ सरकार बाट १५ लाख ,संसद विकास कोष बाट १ करो ३९ लाख ६५ हजार,संघीय सरकार कोरोना रोकथाम उपचार कोष बाट ३ लाख ७७ हजार ३ सय र देवदह नगरपालिका बाट ट्रान्सफर गरिएको १ करोड ४७ लाख ८४ हजार ६ सय ५४ गरि ३ करोड भन्दा बढी जम्मा भएको उल्लेख गरिएको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij