बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

गोरखामा पोखरीका साढे ६ सय माछा बिष हालेर मरे

गोरखामा पोखरीका साढे ६ सय माछा बिष हालेर मरे

images
  • 6.1K
    SHARES

  • images
    images
    images
    गोरखामा पोखरीका साढे ६ सय माछा बिष हालेर मरे
    images
    images
    images

    118756363_329877011701203_3445680361491121271_n.gif

    असोज १३, काठमाडौ।गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङ गाउँका किसान राजेन्द्र श्रेष्ठले पोखरीमा पालेका माछा मरेका छन्।कसैले पोखरीमा विष हालिदिएका कारण माछा मरेको हुन सक्ने श्रेष्ठको भनाइ छ।

    images
    images
    images

    गत जेठमा पोखरीमा राखेका माछा दसैंमा बिक्री गर्ने उनको तयारी थियो। बूढीगण्डकी पशुपन्छी फार्म सञ्चालन गर्दै आएका श्रेष्ठले दुइटा पोखरीमा माछा पालेका थिए।
    सोमबार बिहान दुबै पोखरीका माछा मरेका हुन्। भेटेरिनरीका कर्मचारीले मरेका माछाको पोस्टमार्टम गर्दा विषका कारण मरेको देखिएको हो।

    118784484_2712280032208352_570753874290824323_n.gif

    किसान श्रेष्ठ कोरोनाका कारण आइसोलेसनमा छन्। उनको परिवार क्वारेन्टिनमा छ। पोखरीको रेखदेख गर्न नपाउँदा कसैले विष हालिदिएको हुन सक्ने अनुमान छ।
    छ सय ५० वटा माछा मरेका छन्। उनले पोखरीमा माछालाई विष हालिदिने समूहको खोजी गरी कारबाहीको दायरामा ल्याउन वडा कार्यालय र प्रहरी चौकी घ्याल्चोकलाई आग्रह गरेका छन्।

    ‘पोखरीका माछा मरेको र विष हालेको हुन सक्ने भएकोले अनुसन्धान गरिदिन श्रेष्ठले हामीलाई जानकारी गराउनुभएको छ,’ प्रहरी चौकी घ्याल्चोकका इन्चार्ज पुरन खाकुले भने, ‘भोलि माछापोखरीस्थल गएर थप बुझ्छौं।’त्यस पछि घटना बारे थप खुल्नेछ।

    images
    images
    • मंगलवार, आश्विन १३ २०७७०५:१५:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij