
असोज २४,देवदह ।दैनिक रुपमा बृद्दी भैरहेको बलात्कारका घटना बिरुद्द देशब्यापी रुपमा प्रदर्शन भएको छ। केहि दिन देखि देशभर अभियाननै चलाएर बिरोध प्रदर्शन भैरहेको छ।

द ब्ल्याक मोमेन्ट एजनिस्ट against रेप,जो बोल्दैन उ बलात्कारी ,जो सुन्दैन उ बलात्कारी ,अपराध गर्नु मात्र अपराध होइन ,अपराध सहनु र प्रतिबाद नगर्नु पनि अपराध हो भन्ने खालका स्लोगन बोकेर बिरोध प्रदर्शनमा उत्रिएका हुन्। काठमाडौं ,पोखरा ,बिराटनगर ,बुटवल लगायतका शहरमा पनि बिरोध प्रदर्शन भएको छ।

बलात्कार गर्नेलाई कडा कारबाही गर्नु पर्ने,अब पनि सुनुवाई नभए प्रतिबदमा उत्रिने अभियानका सदस्य बन्दना ढकाले बताउनु भयो। देवदहको घोडाहा र खैरेनी चोकमा १ घण्टा मौन प्रदर्शन गरिएको कबिता पाठकले जानकारी दिनुभयो। बलात्कार बिरुद्दको अभियान निरन्तर जारि रहने छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij