बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखियो

पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखियो

images
  • 994
    SHARES

  • images
    images
    images
    पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखियो
    images
    images
    images

    फागुन ५, काठमाडौं : विकास निर्माणको ठेक्का सकारी अलपत्र पार्ने विभिन्न ६ वटा ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै निर्माण क्षेत्रमा बदमानी कमाएको पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदारलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुहरुमा पप्पु कन्स्ट्रक्सन सहित अशोक न्यासुरको रहेको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी निर्माण सेवा रहेका छन्।

    Pappu-Pul-Gorkha_--_Omqen1kHhd.jpg

    पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनलाई सबैभन्दा बढी ३ बर्षसम्मका लागि कालोसूचीमा राखिदिएको छ। पप्पुलाई कालोसूचीमा राख्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सिफारिस गरेको थियो। पप्पु बाहेकका बाँकी ठेकेदार कम्पनीहरुलाई पनि कार्यालयले एक–एक वर्षका लागि कालोसूचीमा राखिदिएको छ। कालोसूचीमा राखिएको अवधिभर यी ठेकेदार कम्पनीहरुले सार्वजनिक निकायले अघि बढाउने कुनै पनि खरिद प्रकृयामा सहभागी जनाउन पाउने छैनन्।
    ठेकेदारहरुलाई कालोसूचीमा राखेको सूचना :

    thekedar-blacklist_2dau6RSI1j.png

    images
    images
    • सोमवार, फाल्गुण ५ २०७६०१:४८:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij