मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

उजिरसिंह शारीरिक सुगठन दाेश्राे संस्करण हुने, बिजेताहरुले नगद १ लाख पाउने

उजिरसिंह शारीरिक सुगठन दाेश्राे संस्करण हुने, बिजेताहरुले नगद १ लाख पाउने

images
  • 353
    SHARES

  • images
    images
    images
    उजिरसिंह शारीरिक सुगठन दाेश्राे संस्करण हुने, बिजेताहरुले नगद १ लाख पाउने
    images
    images
    images

    बुटवल । बुटवलमा दाेश्राे मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०८० हुने भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ आयोजनामा फागुन १२ गते शनिबार बुटवल उधाेग बाणिज्य संघको हलमा बुटवलमा सो कार्यक्रम हुन लागेको हो ।

    शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका अध्यक्ष राजकुमार श्रेष्ठले कर्णेल उजिरसिंह र जितगढी किल्लको सामरिक महत्त्वलाई थप उजागर गर्ने र खेललाई पर्यटन प्रवर्द्धनमा जोडने उद्देश्य प्रतियोगिताको रहेको बताए । बैठकमा उपस्थित जिल्ला संघका सल्लाहकार तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठले रुपन्देही जिल्लाले माेफसलमा शारीरिक सुगठन खेल प्रवर्द्धनमा महत्त्वपूर्ण याेगदान गरिरहेकाे बताउदै खेलमा नव उदयीमान खेलाडीहरुको प्रवेश गराउँदै उनिहरु जिल्ला हुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाम कमाउन सक्ने गरी रुपन्देहीबाट उत्पादन गर्न संघ लागि पर्नु पर्ने बताए ।

    images
    images
    images

    प्रतियोगिता ५ वटा वजन समूहमा हुने संघका सचिव आशिष श्रेष्ठले जानकारी गराए । उनले प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० भन्दा केजि भन्दा बढी तौल समूह गरि पाँच तौल समुहमा प्रतियोगिता हुने बताए । यसपटक हामीले पहिलोपटक महिला खेलाडीहरु प्राेत्साहन गर्ने उद्देश्यले महिला फिजिक्स तथा पुरुष फिजिक्स बिधा समेत थप गरेको उनले बताए। रुपन्देही जिल्लामा ४० वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडि गरी जम्मा १० जना खेलाडिले प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले बताए ।

    प्रतियोगितामा ओभर अलमा प्रथम हुनले नगद ५० हजार,मेडल र प्रमाण पत्र पाउनेको व्यवस्था रहेको संघका कोषाध्यक्ष उत्तम गुरुङले बताए । बजन समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः ३ हजार, २ हजार, १ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने संघका उपाध्यक्ष मनाेज अग्रवालले बताए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij