सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

एनप्याब्सन रुपन्देहीद्वारा शिक्षकलाई एआई र आईसीटीमा आधारित नवीन शिक्षण पद्धतिबारे तालिम

एनप्याब्सन रुपन्देहीद्वारा शिक्षकलाई एआई र आईसीटीमा आधारित नवीन शिक्षण पद्धतिबारे तालिम

images
  • 53
    SHARES

  • images
    images
    images
    एनप्याब्सन रुपन्देहीद्वारा शिक्षकलाई एआई र आईसीटीमा आधारित नवीन शिक्षण पद्धतिबारे तालिम
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । नेसनल प्याब्सन (एनप्याब्सन) रुपन्देहीको आयोजनामा एनप्याब्सनमा आबद्ध विद्यालयका शिक्षकहरूलाई लक्षित गरी नवीन शिक्षण पद्धति तथा कृत्रिम बौद्धिकता (एआई) र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोगसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ।

    कार्यक्रममा रुपन्देहीका विभिन्न विद्यालयबाट करिब ७० जना शिक्षकको सहभागिता रहेको थियो।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले एआई र आईसीटी वर्तमान शिक्षण सिकाइ प्रक्रियाका महत्वपूर्ण पक्ष बन्दै गएको बताए। उनले कक्षाकोठाको शिक्षण सिकाइलाई समयसापेक्ष बनाउन एआईका उपकरणलाई रचनात्मक रूपमा प्रयोग गर्ने सीप आवश्यक रहेको बताए।

    एआईको प्रयोगसँगै नक्कल गर्ने प्रवृत्ति पनि बढ्न सक्ने भएकाले यसले मानवीय बुद्धिमत्तामा पार्न सक्ने प्रभाव चुनौतीका रूपमा देखिएको उनले बताए। विद्यार्थीलाई एआईको सक्रिय प्रयोगकर्ता मात्र नभई एआईसम्बन्धी सिर्जना र उत्पादन गर्न सक्ने क्षमताको विकास गराउनुपर्नेमा उनले जोड दिए।

    विश्व अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न एआईमा आधारित उद्यमशीलताको विकास आवश्यक रहेको बताउँदै पन्थीले भने, ‘एआई टुल्स हामीले किन उत्पादन नगर्ने ?’

    विद्यालयमा निरन्तर मूल्याङ्कन विधिलाई प्रभावकारी रूपमा लागू गर्न सके वर्तमान प्रविधिले ल्याएका चुनौतीलाई सम्बोधन गर्न सकिने उनले बताए। उनले विद्यार्थीलाई व्यावहारिक शिक्षातर्फ जोड दिनसमेत सुझाव दिए।

    कार्यक्रममा एनप्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने, कक्षाकोठामा एआई तथा आईसीटीको प्रभावकारी प्रयोग गर्ने, नवीन शिक्षण विधि अपनाउने तथा डिजिटल प्रविधिमार्फत शिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले शिक्षक क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए।

    तालिममा एआई तथा मेसिन लर्निङ इन्जिनियर अमृत रानाभाट र रिसर्च ट्रेनर इन्जिनियर विनय शर्माले सहजीकरण गरेका थिए।

    कार्यक्रममा एनप्याब्सनका केन्द्रीय उपमहासचिव विष्णुप्रसाद पौडेल, केन्द्रीय सदस्य बिलप्रसाद गुरुङ, जिल्ला कोषाध्यक्ष कमल पौडेल, सहसचिव लक्ष्मण अर्याल र सहकोषाध्यक्ष शंकर गौतमले शिक्षण क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा शिक्षक तथा शिक्षासँग सम्बन्धित व्यक्तिलाई नयाँ प्रविधिबारे जानकारी दिन कार्यक्रम फलदायी हुने बताए।

    एनप्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षता तथा कोषाध्यक्ष कमल पौडेलको सञ्चालनमा बुटवलस्थित पाम इन्टरनेसनलमा कार्यक्रम सम्पन्न भएको हो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij