सोमवार, आश्विन १२ गते २०८३
निशान्त पाठक, दुबई । नेपाली संगीतको चर्चित ब्यान्ड नेपथ्यले आगामी अक्टोबर ४, २०२६ मा दुबईमा विशेष लाइभ कन्सर्ट गर्ने भएको छ।१ ‘नेपथ्य दुबई–लाइभ इन कन्सर्ट २०२६’ नाम दिइएको कार्यक्रम दुबईको द एजेन्डा, इन्टरनेट सिटीमा आयोजना हुने भएको हो।
कन्सर्टबाट प्राप्त मुनाफाको २० प्रतिशत भोटेकोशीमा आएको बाढीका कारण अभिभावकविहीन भएका बालबालिकाको शिक्षाका साथै एकल महिलाको संरक्षणमा खर्च गरिने इजी ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक अनिल लामिछानेले जानकारी दिनुभयो।
अमेरिकालगायत दुबईमा लामो समयदेखि व्यवसाय गर्दै आएको इजी ग्रुप अफ कम्पनीजको आयोजना तथा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएई, नेपाली समाज यूएईलगायत नेपाली समाजमा आबद्ध सम्पूर्ण संघसंस्थाको सहकार्यमा कन्सर्ट आयोजना हुन लागेको हो।
कार्यक्रम आइतबार साँझ ६ बजेदेखि सुरु हुनेछ भने दर्शकका लागि साँझ ४ बजे गेट खुला गरिने आयोजकले जनाएको छ। कार्यक्रममा नेपथ्यले आफ्ना लोकप्रिय गीत तथा सांगीतिक प्रस्तुतिमार्फत यूएईमा रहेका नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ।
कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल ठकुरी, नेपाल बिजनेस काउन्सिलका अध्यक्ष तथा नमस्ते ट्राभल्सका सञ्चालक एकेन्द्र थापा, नेपाली समाज यूएईका अध्यक्ष रामबहादुर मोक्तानलगायत विभिन्न वैचारिक संघसंगठन तथा नेपाली समाजमा आबद्ध संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका महासचिव कमलजंग कार्कीले गर्नुभएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij