सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह । लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको आयोजनामा देवदहमा ‘पिस पोस्टर कन्टेस्ट’ चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।देवदह बोर्डिङ स्कुलमा प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा देवदह मदर टन्स एकेडेमीका तिलक बहादुर सुनार प्रथम, न्यु नमुना इङ्लिस बोर्डिङ स्कुलकी अङ्किता जिसी द्वितीय र देवदह इङ्लिस बोर्डिङ स्कुलकी जेशा राना तृतीय भएका छिन् । यस्तै, सगरमाथा आवासीय माध्यमिक विद्यालयका इप्सु पोखरेलले सान्त्वना स्थान हासिल गरेकी छिन् ।
“मानवतामा सद्भाव ” भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा ११ देखि १३ वर्ष उमेर समूहका रुपन्देही र नवलपरासीका विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूले आफ्ना कलात्मक सिर्जनामार्फत शान्ति र सद्भावको सन्देश प्रस्तुत गरेका थिए।
लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका अध्यक्ष नवीन थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट एक्सन टिम कोर्डिनेटर विष्णु प्रसाद पौडेलको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै बालबालिकामार्फत शान्ति र सद्भावको सन्देश समाजमा फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
प्रतियोगिताको निर्णायकमा नेपाल व्यवसायी कलाकार संघका केन्द्रीय उपाध्यक्ष एचबी रम्टेल तथा रुपन्देहीका पूर्व केन्द्रीय उपाध्यक्ष खेम घिमिरे रहनुभएको थियो।
कार्यक्रम प्रथम उपाध्यक्ष दिपेश पाण्डेको स्वागत र सचीव विकास श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij