सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह।रुपन्देहीको देवदह-१०, भलुहीस्थित श्री जनप्रिय माध्यमिक विद्यालयलाई एक थान डिजिटल डिस्प्लेसहितको कम्पाउण्ड माइक्रोस्कोप हस्तान्तरण गरिएको छ।
भलुही खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देवदह-०९ को ४५,००० हजार बराबरको उक्त वैज्ञानिक उपकरण विद्यालयको विज्ञान प्रयोगशालामा आयोजित एक समारोहका बिच हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भलुही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राम प्रसाद सापकोटाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीहरूको प्रयोगात्मक सिकाइलाई सहयोग पुर्याउन यो उपकरण उपलब्ध गराइएको बताउनुभयो। नयाँ प्रविधिको यस माइक्रोस्कोपले विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यासमा थप सहजता र रुचि जगाउने विश्वास व्यक्त गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक गायत्री प्रसाद खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो। सहायक प्रधानाध्यापक बेद प्रसाद अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक श्याम थापाले गर्नुभएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij