सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लुम्बिनी शिक्षा निकेतनको २१ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन, नयाँ सञ्चालक समिति सर्वसम्मत चयन

लुम्बिनी शिक्षा निकेतनको २१ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन, नयाँ सञ्चालक समिति सर्वसम्मत चयन

images
  • 104
    SHARES

  • images
    images
    images
    लुम्बिनी शिक्षा निकेतनको २१ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन, नयाँ सञ्चालक समिति सर्वसम्मत चयन
    images
    images
    images

    लुम्बिनी पाना, मायादेवी । लुम्बिनी शिक्षा निकेतन, मायादेवी–४, रुपन्देहीको २१औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मत रूपमा निर्विरोध चयन गरेको छ।

    संस्थाका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीको अध्यक्षता तथा संस्थाका शेयर सदस्य एवं शैक्षिक व्यक्तित्व विजय पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका शैक्षिक सल्लाहकार तथा शेयर सदस्य लिलामणि पाण्डेले सहजीकरण तथा सञ्चालन गर्नुभएको थियो।

    images
    images
    images

    वार्षिक साधारण सभामा अध्यक्षको वार्षिक प्रतिवेदन, प्रबन्ध निर्देशकको आर्थिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रतिवेदनमाथि शेयर सदस्यहरूबीच बृहत् छलफल भएको थियो। छलफलपछि तीनवटै प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो।

    साधारण सभा सत्रको समापन गर्दै अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले संस्थाको विगतको प्रगति, वर्तमान अवस्था तथा आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र उपलब्धिमूलक बनाउँदै लैजानुपर्ने विषयमा धारणा राख्नुभएको थियो।

    त्यसपछि अध्यक्ष ज्ञवालीको अध्यक्षतामा रहेको तत्कालीन सञ्चालक समिति विघटन गरी अधिवेशन सत्र प्रारम्भ गरिएको थियो। अधिवेशन सञ्चालन तथा निर्वाचनका लागि संस्थाका शेयर सदस्य एवं शैक्षिक व्यक्तित्व विजय पाण्डेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो।५

     

    निर्वाचन मण्डलका सदस्यमा संस्थाका सल्लाहकार राजेश ढकाल र विद्यालयका प्राचार्य नामदेव अर्याल रहनुभएको थियो। छैठौँ अधिवेशनबाट गोविन्दप्रसाद उपाध्याय ज्ञवाली, पिताम्बर न्यौपाने, नसिम अख्तर खाँ, शेखर कार्की, मिथुन मान श्रेष्ठ र शक्तिधर यादव सञ्चालक समितिमा सर्वसम्मत तथा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी, सन्तकुमार यादव लेखा समिति संयोजकमा निर्वाचित हुनुभएको छ।

    निर्वाचन मण्डलका संयोजक विजय पाण्डेले नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू र लेखा समिति संयोजकलाई पद तथा जिम्मेवारीप्रति प्रतिबद्ध रहने गरी सामूहिक रूपमा शपथ ग्रहण गराउनुभएको थियो।

    नयाँ नेतृत्वको सर्वसम्मत चयनसँगै सम्पन्न अधिवेशनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सुदृढीकरण, पारदर्शी व्यवस्थापन तथा दीर्घकालीन विकासका लागि थप सहकार्य र एकताको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यालयका २४ जना शेयर सदस्यमध्ये १९ जना शेयर सदस्यको उपस्थिति रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij