लुम्बिनी पाना, देवदह। कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले आइतबार सहकारीको देवदह -९ घोडाहा सेवा केन्द्रमा भएको चोरीको घटना दु:खद भएको जनाएको छ।आइतबार केन्द्रिय कार्यालय देवदह खैरेनीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारीबाट नगद ८ लाख ४३ हजार ७८९ रुपैयाँ चोरी भएको भन्दै चोरीको घटना नियन्त्रणका लागी सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो।
यो पढ्नुहोस कोलिय देवदह सहकारीको घोडाहा सेवाकेन्द्रमा ८ लाख ४३ हजार चोरी https://lumbinipana.com/news/5553
सहकारीले चोरी भएको घटनालाई गम्भीर रुपमा लिएको र यस्ता घटना दोहोरिन नदिनका लागी सुरक्षाको आन्तरिक व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयन गर्ने संस्थाका उपाध्यक्ष रमा न्यौपानेले जानकारी दिनुभयो।
त्यस्तै चोरी भएको घटनाले सर्वसाधारणमा गलत सन्देश गएको भन्दै सम्पूर्ण शेयर सदस्यको बचत सुरक्षित रहेको र यस घटनाबाट त्रसित नभई सेवा सहकार्य गर्न सहकारीले आग्रह गरेको छ।
संस्थाका सल्लाहकार शुबकान्त न्यौपानेले चोरी पश्चात् संस्थाका कागजात,सिस्टम लगायत सबै किसिमका भौतिक सामाग्री सुरक्षित रहेकोले २५ गते सोमबारदेखीनै कार्यालयबाट नियमीत सेवा प्रवाह हुने उल्लेख गर्नुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij