मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कोलिय देवदह सहकारीको घोडाहा सेवाकेन्द्रमा ८ लाख ४३ हजार चोरी

कोलिय देवदह सहकारीको घोडाहा सेवाकेन्द्रमा ८ लाख ४३ हजार चोरी

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    कोलिय देवदह सहकारीको घोडाहा सेवाकेन्द्रमा ८ लाख ४३ हजार चोरी
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह नगरपालिका स्थित वडा नम्बर ९ मा रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको  घोडाहा सेवा केन्द्रमा चोरी भएको छ।आइतबार बिहान ४ बजेर २३ मिनेटमा चोरी भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    सहकारीको दुई वटा झ्याल फोडी कार्यालयमा प्रवेश गरि भल्ट फोडेर भल्टमा राखिएको नगद ८ लाख ४३ हजार ७८९ रुपैयाँ मध्य १५ रुपैयाँ भल्टमै छोडी अरु रकम चोरी भएको हो। चोरी गर्ने गिरोहले सिसिटिभी क्यामेराको डिभाइस समेत चोरी गरेको खैरेनी प्रहरी चौकी देवदहका इन्चार्ज प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले बताउनुभयो। अन्दाजी १ बजेदेखि ३ बजेको बिचमा चोरी भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक नेपालीले लुम्बिनी पाना पत्रीकालाई जानकारी दिनुभयो।चोरी गर्ने गिरोहको खोजीको लागि अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उहाँको भनाई थियो।

    images
    images
    images

    यस अघि यहि प्रकृतिको चोरी देवदह -६ मा अवस्थित साना किसान कृषि सहकारी, सारथी कृषि सहकारी, शुभ-लक्ष्मी वचत तथा ऋण सहकारीमा समेत भएको थियो। केही नगद र डिभाइस चोरी भएपनी हाल सम्म चोरी गर्ने गिरोह पक्राउ पर्न सकेको छैन।

    यस अघि मोटरसाइकल, स्कुटर, मन्दिरको दानपेटिका, घरको ढोकामा राखिएको कलश सङ्गै सहकारीमा समेत पटकपटक चोरीको घटना हुँदा सुरक्षामा चिन्ता सङ्गै चुनौती थपिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij