बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

उपत्यकामा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य अघि बढ्दै

उपत्यकामा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य अघि बढ्दै

images
  • 499
    SHARES

  • images
    images
    images
    उपत्यकामा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य अघि बढ्दै
    images
    images
    images

    काठमाडौं उपत्यकाको फोहरपानी व्यवस्थापनका लागि चार ठाउँमा फोहरपानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ । तीमध्ये एउटा सञ्चालनमा आइसकेको र तीन वटा निर्माणको चरणमा रहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार गुहेश्वरीमा फोहरपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । बालकुमारी (कोड्कु), सल्लाघारी र धोबीखोलामा फोहरपानी प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा रहेको छ । तीन चरणमा निर्माण अघि बढाइएकामा पहिलो चरणअन्तर्गत गुहेश्वरीमा गत कात्तिकमा सम्पन्न भएको थियो भने बाँकी दुई चरणको काम भइरहेको सूचना अधिकारी जगत प्रजापतिले बताए ।

    images
    images
    images

    उनका अनुसार दोस्रो चरणअन्तर्गत सल्लाघारी र बालकुमारीमा काम अघि बढाइएको छ । धोबीघाटमा दुई ट्याङ्की निर्माण हुनेमा फरकफरक प्याकेजमा काम भइरहेको उनले जानकारी दिए । उनले भने, ‘धोबीघाटमा एउटा अरू दुई स्थानसँगै एउटै प्याकेजमा निर्माण भएको छ भने एउटा छट्टै निर्माण भइरहेको छ ।’

    गत आवमा निर्माणमा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ प्रभाव परेको थियो भने अझै पनि काम गर्नै वातावरण सहज नभएको निर्देशनालयले जनाएको छ । निर्माणाधीन यी फोहोरपानी प्रशोधन केन्द्रमा संलग्न अन्तर्राष्ट्रिय निर्माण कम्पनीका जनशक्ति कोभिडका कारण नियमितरुपमा काम नगरेको सूचना अधिकारी प्रजापतिले बताए ।
    उनका अनुसार कोभिडको खोप लगाउन स्वदेश गएका चिनियाँहरु अझै फर्किएर आएका छैनन् । सल्लाघारी, बालकुमारी र धोबीघाट गरी तीनै स्थानमा निर्माणका लागि आवश्यक उपकरण ल्याउन नसकिएको उनको भनाइ छ । धोबीघाटस्थित केन्द्र निर्माणमा केही वर्षपहिले स्थानीयवासीको विरोध भएकामा निर्देशनालयले ललितपुर महानगरपालिकासँगको समन्वयमा त्यसको समाधान गरेर निर्माण अघि बढाएको हो । दोस्रो र तेस्रो चरणको भौतिक प्रगति अहिलेसम्म २८ प्रतिशत छ । दोस्रो चरणमा ट्याङ्की निर्माणको काम भइरहेको छ ।

    उपत्यकामा मेलम्ची खानेपानी आयोजना आएपछि फोहोरपानीको मात्रा बढ्ने भन्दै सरकारले यी केन्द्र चाँडो सम्पन्न गर्ने लक्ष्य लिएको छ । गुहेश्वरीस्थित केन्द्र सञ्चालनमा आए पनि यहाँको सुन्दरता निर्माण र पार्क निर्माणलगायतका काम भइरहेको छ ।

    दुई वर्षअघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण तोकिएको अवधिभन्दा एक वर्षपछि सम्पन्न भएको थियो । सरकारले काठमाडौँ उपत्यकाका नदीहरुमा फोहोरपानीको ढल सिधै मिसिन नदिन प्रशोधन केन्द्र निर्माण गरिरहेको हो । प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने योजना बनाइएको छ ।
     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, पौष २८ २०७७०८:१३:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij