बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

विप्लब समुहले लियो एक्सन,माघ १० गते नेपाल बन्द

विप्लब समुहले लियो एक्सन,माघ १० गते नेपाल बन्द

images
  • 677
    SHARES

  • images
    images
    images
    विप्लब समुहले लियो एक्सन,माघ १० गते नेपाल बन्द
    images
    images
    images

    काठमाडौं । पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका शीर्ष नेतालाई बिनाकारण केपी ओली नेतृत्वको सरकारले नियन्त्रणमा लिएको भन्दै विप्लव नेतृत्वको नेकपाले आपत्ति जनाएको छ।

    नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सविचालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लगायतको गिरफ्तारीको विरोध गरेका छन्।

    images
    images
    images

    विप्लवका अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम सार्वजनिक भएका हुन् ।

    सरकारले दमन बढाएको उल्लेख गर्दै विप्लवले विज्ञप्तिमा भनेका छन, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो।’

    विप्लवले नेता कञ्चनसँगै पार्टीका नेताहरु विवेक र विशालाई नियन्त्रणमा लिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताएका छन।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, माघ १ २०७७०७:०१:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij