बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

संसद विघटन विरुद्ध कांग्रेसले गर्यो देशव्यापी प्रदर्शन

संसद विघटन विरुद्ध कांग्रेसले गर्यो देशव्यापी प्रदर्शन

images
  • 401
    SHARES

  • images
    images
    images
    संसद विघटन विरुद्ध कांग्रेसले गर्यो देशव्यापी प्रदर्शन
    images
    images
    images

    संसद विघटनको बिरुद्दमा नेपाली कांग्रेसले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको छ। नेकपा ओली सरकारले संसद विघटन गरि लोकतन्त्र सिध्याउने षडयन्त्र गरेको भन्दै लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले देशब्यापी बिरोध प्रदर्शन गरेको हो। 

    नेपाली काग्रेसका रुपन्देही सभापती एवम पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनताको हक अधिकार खोस्ने काम गरेको आरोप  लगाउनु भएको छ। नेपाली काग्रेस देवदह नगर समितीले आयोजना गरेको विरोध सभामा बोल्दै रज्जाकले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले देशलाई समृद्द बनाउन  नभएर देश लुट्न पार्टी एकता गरेको बताउनु भएको छ। नेकपा बिचको आन्तरिक लडाइको कारण देशमा अस्थिरता बढेको र गणतन्त्र खतरामा पुगेको रज्जाकको भनाई थियो। 

    images
    images
    images

    साथै नेपाली काग्रेसको नेतृत्वमा निर्माण गरीएको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि निर्णायक आन्दोलनको तयारीमा जुट्न  कार्यकर्ता र आम सचेत युवा बर्गलाई निर्देशन दिनुभएको थियो। 

    सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य रमा अर्यालले कोभिडको कारण जनता भोकले छटपटाई रहेको अवस्थामा कम्युनिस्ट सरकार भ्रस्टाचार लगायत काण्डै काण्डमा मुछिएको आरोप लगाउनु भयो । भ्रस्टचारीको मुख पनि हेर्दैन भन्ने प्रधानमन्त्रिले भ्रस्टचारीलाई बालुवाटारमा संरक्षण गरेको आरोप लगाउनु भयो। अर्यालले राणा शासन बिरुद्द नेपाली कांग्रेसले संघर्ष गरेको इतिहास रहेको र लोकतन्त्र रक्षाको लागि निर्णायक संघर्ष गर्ने बताउनु भयो।   

    कार्यक्रममा नेपाली काग्रेस रुपन्देही उपसभापती सरिता चौधरीले, कांग्रेस क्षेत्रीय सभापती हिरा बहादुर खत्री, काग्रेस नेता बिश्वनाथ यादव, यक राज सुनार र विद्यार्थी नेता शंकर गिरी लगायतले बोल्दै लोकतन्त्र रक्षाका लागि एक जुट हुन आग्रह गर्नु भएको थियो। 

    कार्यक्रम नेपाली कांग्रेस देवदह नगर समितिका सभापति गुनाखर भुर्तेलको सभापतित्व र अर्जुन पोखरेलको संचालनमा सम्पन्न भएको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, माघ ३ २०७७०७:४३:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij