बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

वैशाखमा निर्वाचन हुँदैन: नेता पौडेल

वैशाखमा निर्वाचन हुँदैन: नेता पौडेल

images
  • 380
    SHARES

  • images
    images
    images
    वैशाखमा निर्वाचन हुँदैन: नेता पौडेल
    images
    images
    images

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने तर्क गरेका छन्। नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा उनले वैशाखमा निर्वाचन नहुने दावी गरे। 

    पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताए। उनले भने, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ।” आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको उनको भनाइ थियो। 

    images
    images
    images

    “संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ”, उनले भने। संसद्मा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजेको आरोप उनले लगाए। 

    अदालतलाई आफूहरुले दवाव नदिएको बताउँदै उनले अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल गरेको दाबी गरे। आफूहरु सडकमा आउन बाध्य भएको भन्दै उनले भने, “लोकतन्त्रको चीरहरण हँुदा कांग्रेस चुप लाग्दैन।” संविधान जोगाएर मात्रै निर्वाचनमा जानु पर्ने भन्दै नेता पौडेलले भने, “जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्दैन।” 

    कार्यक्रममा कांग्रेस नेतृ डीला सङ्ग्रौलाले र चितवनका सभापति जीतनारायण श्रेष्ठले विगतका निर्वाचनमा अरुलाई भोट दिएर ठूलो गल्ती गरेको बताए। उनले आगामी चुनावमा कांग्रेसले अन्य चुनाव चिह्नमा भोट नहाल्ने बताए।

    त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश आचार्यले संसद् विघटन हुनुमा प्रधानमन्त्रीसँगै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको बताए। संसद् विघटनको दोष सिंगो नेकपाले लिनुपर्ने भन्दै उहाँले प्रम  मात्र यसको भागिदार नभएको बताए। उनले संसद् पुनःस्थापना नभएसम्म सङ्घर्ष जारी राख्ने बताए। 

    सभा सुरु हुनुभन्दा पूर्वकांग्रेसले रत्ननगरमा विरोध ¥याली निकालेको थियो। नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सह–सचिव सूर्य अर्याल, नगरसचिव सीतादेबी शर्मा रेग्मीलगायतले संसद पुनःस्थापना माग गरेका थिए। नेपाली कांग्रेसले आजै अन्य छ वटा पालिकामा पनि विरोधसभा गरेको थियो।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, माघ ३ २०७७०८:२१:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij