माघ ६,देवदह। लियो क्लब अफ लर्ड बुद्धले रुपन्देहीको देवदहमा म्यारथन प्रतियिगिता आयोजना गर्ने भएको छ। देवदह स्थित पाठक फुड ल्यान्डमा पत्रकार सम्मेलन आयोजना गरि यहि आउदो माघ २४ गते देखि बुद्धको मावली घर, पवित्र भुमि देवदहमा “पाचौं देवदह म्याराथन २०७७” आयोजना गर्ने जानकारी गराइएको हो । “पर्यटन र पूर्वाधार , समृद्ध देवदहको आधार” भन्ने मुल नाराका साथ म्याराथन सम्पन्न गर्न लागिएको प्रतियोगिताको संयोजक लियो शंकर पंगेनीको जानकारी दिएका थिए । देवदहमा भएका धार्मिक तथा पुरातात्वित्क महत्व बोकेका पर्यटकिय स्थलहरुको प्रचार प्रसारसगै युवाहरूलाई खेलकुद मार्फत देवदहको समृद्धिको अभियानमा लाग्न प्रेरित गर्न र पर्यटन स्थलको प्रवर्धनको लागि पूर्वाधार निर्माण तर्फ सरोकारवाला निकायहरुको ध्यान केन्द्रित गर्न, यो कार्यक्रम आयोजना गर्न लागिएको, संयोजक शंकर पंगेनीले बताए ।

साथै प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय पुरुष र महिलालाई पुरस्कार स्वरुप नगद रु १५ हजार ,१० हजार र ५ हजार साथमा मेडल, सिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ । पत्रकार सम्मेलन लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष लियो सन्दिप तिवारीको अध्यक्षता, मेम्बर सीप डाईरेक्टर लियो सागर भट्टराईको धन्यवाद र सचिब अनुष्का घिमिरेको संचालनमा भएको थियो।

लियो क्लब अफ लर्ड बुद्धले, यो भन्दा अघि वि. सं. २०७२ साल देखि नै म्याराथान प्रतियोगिता संचालन गर्दै आइरहेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij