माघ ७,देवदह।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)देवदह नगर पार्टी कार्यालयमा दाहाल–नेपाल पक्षले ताला लगाएका छन् । नेकपाको दाहाल–नेपाल समूहको देवदह नगर कमिटिको बैठक पार्टी कार्यालयमा बस्न लाग्दा कार्यालयको चावी ओली पक्षले गायब पारेपछि दाहाल–नेपाल पक्षले तालाबन्दी गरेका हुन्।
अन्य जिल्ला र स्थानीय तहमा दुवै पक्षको भेला तथा बैठक पार्टी कार्यालयमा आलोपालो बसिरहेको अवस्थामा दाहाल–नेपाल पक्षको देवदह नगर कमिटिको बैठक बस्ने क्रममा नेकपा ओली पक्षले ताला लुकाएपछि आफुहरुले तालाबन्दी गरेको दाहाल–नेपाल पक्षका रुपन्देही जिल्ला नेता सिद्दि चरण भट्टराईले बताउनु भयो।
यसै बीच नेकपा दाहाल–नेपाल पक्षले देवदह नगर कमिटिको बैठक सम्पन्न गरेको छ। नेकपा देवदह नगर कमिटिका सचिब मन कुमार कनौजेको अध्यक्षता,नेकपा केन्द्रिय सदस्य बामदेब क्षेत्रिको प्रमुख आथित्यता,पुर्व संबिधान सभा सदस्य सित बम्रेल,जिल्ल नेताहरु सिद्दिचरण भट्टराई,टंक पोखरेल ,गोबिन्द पंगेनी लगायतको सहभागितामा बैठक सम्पन्न गरेको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij