बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह ४ र ८ जोड्ने बंगाली खोला पुल शिलान्यास

देवदह ४ र ८ जोड्ने बंगाली खोला पुल शिलान्यास

images
  • 707
    SHARES

  • images
    images
    images
    देवदह ४ र ८ जोड्ने बंगाली खोला पुल शिलान्यास
    images
    images
    images

    माघ ७,देवदह।रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत वडा नम्बर ४ र ८ जोड्ने  बंगाली खोला पुल एक कार्यक्रमका बीच शिलान्यास गरीएको छ । बुधबार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले देवदह नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने ३७ दशमलव ४५ मिटर लम्बाइको मोटरेवल पुल शिलान्यास गर्नु भएको हो। 

    कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेश सरकारले शिक्षा स्वास्थ्य र कृर्षि क्षेत्रको विकासमा प्रदेश सरकारले प्रसस्त लगानी गरेको दाबी गर्नु भयो । प्रदेश सरकार स्थापना भए संगै विकास निर्माणले तिव्रता पाएको उहाँले दाबी गर्नु भयो । पुल निर्माण भए पश्चात कृर्षि क्षेत्रको विकास हुने र कृषकहरुले राहातको महसुस गर्ने उहाँको बिश्वास गर्नु भयो । सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले प्रदेश सरकारले यस क्षेत्रको विकास निर्माणमा लागि परेको दाबी गर्नु भयो । 

    images
    images
    images

    Image may contain: 6 people, including Bidhya Laxmi Gurung and Deepak Chapagai, people sitting and people on stage, text that says 'शिलन्यास कार्यक्रम VUO बंगाली खोला पूल बまO रपाट Me'

    देवदह नगर प्रमुख हिरा बहादुर खत्रीले देवदहका विभिन्न स्थानमा पुलको अभावका कारण बर्षातका समयमा बिरामी भए अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको दुखेसो गर्नु भयो । कार्यक्रममा ईञ्जिनियर ललित न्यौपानेले पूल निर्माण प्रक्रियाका बारेमा जानकारी दिनु भयो । कार्यक्रममा देवदह–४ का वडा अध्यक्ष दिपक चापागाइले पूल निर्माण पश्चात वडा बासीलाई आवत जावतमा सजिलो हुने भन्दै खुसी ब्यक्त गर्नु भयो । कार्यक्रम वडा नम्बर ८ का अध्यक्ष डण्डपानी भट्टराईको अध्यक्षता र रीमा वेलवासेको सञ्चालनमा सम्पन्न भएको थियो । 

    भौतिक पूर्वाधार विकास मन्त्रालयको ३ करोड ५४ लाख ९१ हजार ७ सय ९९ मा डाइनामिक कन्स्ट्रक्सन प्रालि भरतपुरले पूल निर्माणको ठेक्का पाएको छ । 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, माघ ७ २०७७०६:५२:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij