माघ ७,काठमाडों । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको जनाएका छन्।
बुधबार साँझ एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।
लामिछानेले आफ्नो कार्यक्रमा जनचासोका बिषय समावेश गर्ने भएकाले उनको कार्यक्रम युवा पुस्ता माँझ लोकप्रिय थियो।
न्युज २४ टिभीमा करिब ५ बर्ष अघि आवद्ध भएका लामीछाने सो टेलिभिजनमा कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए।
उनी नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ।लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताएका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij