बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

घुस लिएको आरोपमा चितवन बाट तीन प्रहरी पक्राउ

घुस लिएको आरोपमा चितवन बाट तीन प्रहरी पक्राउ

images
  • 425
    SHARES

  • images
    images
    images
    घुस लिएको आरोपमा चितवन बाट तीन प्रहरी पक्राउ
    images
    images
    images

    यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ः०० बजे पुलचोकबाट पक्राउ गरेको हो।

    कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकशहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिइएको हो। उनीहरुलाई घुस दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको गुरुङले जानकारी दिए।

    images
    images
    images

    उनीहरुको साथबाट घुसबापत लिएको दुई हजार १५० समेत बरामद गरिएको छ। उनले भने, ‘पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया सुरु गरिएको छ।’ गुरुङका अनुसार उनीहरुले पैसा संकलनका लागि नारायणगढमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए। उनलाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

    घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन्। यस्तै केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरी पाँचै जनालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको उनले बताए। पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेबापत बस, अटो रिक्सा, म्याजिक भ्यानलगायतका सवारी चालकसँग रकम लिएको उनले बताए।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, माघ ७ २०७७०७:४५:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij