बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कर्मचारी बचत तथा लगानी कोषको अधिवेशन सम्पन्न

कर्मचारी बचत तथा लगानी कोषको अधिवेशन सम्पन्न

images
  • 688
    SHARES

  • images
    images
    images
    कर्मचारी बचत तथा लगानी कोषको अधिवेशन सम्पन्न
    images
    images
    images

    बुटवल, २०७७ माघ ९। नेपाल नगरपालिका कर्मचारी एसोसिएसन ईकाई समिति वुटवल उपमहानगरपालिकाद्वारा संचालित कर्मचारी बचत तथा लगानी कोषको सत्रौ साधारण सभा तथा सातौ अधिवेशन हिजो शुक्रबार सम्पन्न भएको छ। 

    142238811_893462871491150_5742312815310360333_n.jpg

    images
    images
    images

    वुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख अतिथ्यतामा सम्पन्न  उक्त अधिवेशन काेषका अध्यक्ष केशब ज्ञवाली अध्यक्षता र सचिव नारायण खनालको संचालनमा सम्पन्न भएको थियो । उक्त  कार्यक्रममा वुटवल उपमहानगरपालिका उपप्रमुख गाेमा देवि आचार्य, नेपाल नगरपालिका कर्मचारी एशाेसियसन छैठौं महाधिवेशन आयाेजक समितिका सचिव सितु प्रसाद श्रेष्ठ ,वुटवल उपमहानगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत मित्रमणि खनाल नेपाल नगरपालिका कर्मचारी एसोसिएसन ईकाई समिति वुटवलका अध्यक्ष ठगिश्वर पाेखरेल, इकाईका पुर्व अध्यक्ष माधव वसेल र ज्ञान प्रसाद अर्याल  लगायतको उपस्थिति थियो। कार्यक्रममा बाेल्दै नगर प्रमुखले सहकारिताका मध्यमबाट कर्मचारीहरु वीच भावनात्मक एकता बढाउनुका साथै सदस्यताकाे दायरा फराकिलो पार्न सुझाव दिए । 

    No description available.

    अधिबेशनमा बचत तथा लगानी  काेषका अध्यक्ष केशव ज्ञवालीले  वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रेश्मीराज घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरी  सर्वसम्मतले पारित गरेको छ । उक्त अधिवेशनबाट केशब ज्ञवाली अध्यक्ष लक्ष्मी कुमारी अर्याल उपाध्यक्ष नारायण प्रसाद खनाल सचिव रेश्मीराज धिमिरे कोषाध्यक्ष रामप्रसाद पन्थी, सह सचिव  तथा राधिका श्रेष्ठ र शिक्षा थापा सदस्य सर्वसम्मत निर्वाचित भएका थिए । 

    अधिबेशनबाट शंकर ढकालकाे संयाेजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरिएको थियो । जसको  सदस्यहरुमा प्रकाशमणी बस्याल र राज कुमार सुवाल  निर्वाचित भएका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, माघ १० २०७७०९:५५:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij