माघ १२,देवदह।लुम्बिनी प्रदेशको रुपन्देहीमा कर्णाली घर संचालनमा आएको छ।रुपन्देहीको देवदह स्थित खैरेनी बजारमा श्री कृष्ण ग्रुपले कर्णाली घर संचालनमा ल्याएको हो।

सुदुर कर्णालीका स्वस्थकर आर्गानिक उत्पादनहरु सहरी क्षेत्रका बासिन्दाहरुका बीच पुर्याउने उदेश्यले काठमाण्डौ पछि लुम्बिनी प्रदेशको देवदहमा कर्णाली घर,लुम्बिनी प्रदेश बिक्रि केन्द्रको शाखा संचालनमा ल्याएको श्री कृष्ण ग्रुपले जानकारी दिएको छ।

कर्णाली घरमा जुम्ला स्याउ ,गोल्डेन स्याउ ,टिमुर ,सिमि दाल ,जुम्ला आलु,जाजरकोट मह,भीर मौरी मह,मिक्स सातु ,सिमि मार्सी चामल,यार्सा गुम्बा,कागुनो,स्याउको चाना,सिस्नो पाउडर,जौ को सातु,मिठे फापर ,तिते फापर जम्मु लगायतका उत्पादन उपलब्ध रहेको र बुटवल बाट २० किलोमिटर भित्र फ्री होम डेलिभरीको व्यवस्था समेत रहेको श्री कृष्ण ग्रुपले जानकारी दिएको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij