बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

संगम कप भलिवलको उपाधि आयोजक टिमलाई

संगम कप भलिवलको उपाधि आयोजक टिमलाई

images
  • 519
    SHARES

  • images
    images
    images
    संगम कप भलिवलको उपाधि आयोजक टिमलाई
    images
    images
    images

    रुपन्देहीको देवदहमा भएको संगम कप भलिवलको उपाधि आयोजक संगम युवा क्लबले हात पारेको छ।आज भएको फाइनल खेलमा मणिमुकुन्द रातोलाई सोझो सेटमा पराजित गर्दै आयोजक रातोले उपाधि हात पारेको हो। 

    प्रतियोगिताको उपाधि बिजेता संगम युवा क्लबले १ लाख ५१ नगद रुपैयाँ सहित ट्रफी हात पारेको छ ।त्यस्तै मणिमुकुन्द रातोले ५० हजार ५१ रुपैयाँ र ट्रफी हात पारेको छ ।त्यस्तै तेस्रो द्थान प्राप्त गर्न सफल मणिमुकुन्द नीलोले नगद २५ हजार ५१ रुपैयाँ  हात पारेको छ ।

    images
    images
    images

    कार्यक्रम समापन समारोहका प्रमुख अतिथि प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्रि माननीय सुदर्शन बरालले बिजेता टोली तथा उत्कृष्ठ खेलाडीहरूलाई आयोजकको तर्फबाट पुरस्कार र ट्रफी प्रदान गरेका थिए ।

    No description available.

    यसै बीच मन्त्रि बरालले कोभिडका कारण स्थगित भएको खेलकुद क्षेत्र संगै अन्य गतिबिधिहरु अब बिस्तारै चलायमान गराउदै लैजानु पर्ने बताएका छन्। खेलाडीलाई प्रोत्साहन गर्न प्रदेश सरकारले प्रोत्साहन रकम प्रदान गर्दै आएको र खेल क्षेत्रमा आकर्षित गर्न एकेडमी निर्माण गर्ने तयारी गरिरहेको बताउनु भयो। बिगतमा खेल क्षेत्रमा लाग्न साथ बिग्रियो भनिहाल्ने परम्परा रहे पनि त्यो अवस्था हाल आएर परिवर्तन भएको,युवाहरु खेल क्षेत्र तर्फ आकर्षित भएको समेत उंहाले बताउनुभयो। 

    क्लबका अध्यक्षता कबि ज्ञवालीको अध्यक्षता दिक्षा थापाको स्वागत र प्रेम थापाको संचालनमा समापन समारोह कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, माघ १३ २०७७०८:११:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij