बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

उत्कृष्ट युवा बनिन,कृषक दिपा भट्टराई

उत्कृष्ट युवा बनिन,कृषक दिपा भट्टराई

images
  • 619
    SHARES

  • images
    images
    images
    उत्कृष्ट युवा बनिन,कृषक दिपा भट्टराई
    images
    images
    images

    देवदह १८,माघ।देवदह जेसिजले प्रत्यक बर्ष प्रदान गर्ने उत्कृस्ट युवाको पुरस्कार युवा कृषक दिपा भट्टराइलाई प्रदान गरेको छ। शनिबार आयोजित देवदह जेसिजको पद स्थापन कार्यक्रममा भट्टराइलाई यस बर्षको उत्कृष्ट युवा घोषणा गरीएको हो ।

    देवदह-४ भवानीपुरमा कृषि फर्म  संचालन गर्दै आउनुभएकी भट्टराईले जेसिजले प्रारम्भीक रुपमा छानौट गरेका तीन जना मध्ये अन्य दुई जनलाई पछि पार्दै उत्कृष्ट युवा बन्न सफल हुनु भएको हो । देवदह क्षेत्रमा रहेका उत्कृष्ट कार्य गर्ने युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरीएको देवदह जेसिज बर्ष २०२० का अध्यक्ष सुरेन्द्र अधिकारीले बताउनु भयो ।

    images
    images
    images

    सम्मान पछि बोल्दै उत्कृष्ट युवा बन्न सफल भट्टराइले उत्पादनशिल कार्यमा लाग्न युवाहरु संग आग्रह गर्नु भयो । उहाँले ब्यवसायिक कृषिमा  लाग्ने ईच्छा भएका युवाहरुको संख्या ठुलो भए पनि आर्थिक अभावका कारण ब्यवसाय सुरु गर्न नसकेको बताउनु भयो । उहाँले उत्पादित सामाग्रीको बजारीकरण गरीदिन देवदह नगरप्रमुख हिरा बहादुर खत्री संग आग्रह गर्नु भयो । ब्यवसायिक हिसाबले च्याउ र तरकारी खेती गर्नु भएकी उहाँलाई यस अघि देवदह नगरपालिकाले उत्कृष्ट किसानको रुपमा सम्मानित गरेको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, माघ १८ २०७७०९:३७:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij