देवदह २२ माघ। रुपन्देहीको देवदह ६ सरहन बारीमा चौथो गाउँ स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ। सरहन कालिका युवा क्लबको आयोजनामा चौथो गाउँ स्तरीय भलिवल प्रतियोगिता शुरु भएको हो।प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिका नगर प्रमुख हिरा बहादुर खत्रीले खेलको माध्यम बाट युवाहरुलाई जागरुक बनाउनु पर्ने बताउनुभयो।

देवदह नगरपालिकाको सरहन बारी राजमार्गको नजिकै भएर पनि विकास निर्माणको काममा केहि पछाडी रहेको भन्दै विस्तारै सडक मार्ग र झोलुङ्गे पुल संग जोडिएको र सिडी मार्ग र होमस्टेको अवधारणा को लागि नगरपालिकाले पहल गर्ने बताउनुभयो। पर्यटकीय सम्भावना बोकेको सरहन बारी गाउँको विकासका लागि स्थानीय युवाहरु जागरुक भएर लागेको भन्दै नगर प्रमुख खत्रीले स्थानीय युवाहरुको प्रसंशा समेत गर्नुभएको थियो।

नवलपरासी ,पाल्पा र रुपन्देही गरि २० टिम सहभागी रहेको प्रतियोगितामा प्रथम हुने टिमले २० हजार ५१ द्वितीय हुने टिमले १४ हजार ५१ र तृतीय हुने टिमले ८ हजार ५१ नगद सहित शिल्ड मेडल प्रमाणपत्र पाउनेछन।
क्लबका अध्यक्ष समर जर्घाको अध्यक्षता युवा समाजसेवी लोकेन्द्र जर्घा मगरको स्वागत तथा अशोक गैरेको संचालनमा प्रतियोगिताको उद्घटन कार्यक्रम सम्पन्न भएको थियो।
उद्घाटन संगै आज ४ खेल सम्पन्न भएका छन्। खैरेनी मगर समाज र न्यु देवदह बढी पिडित बीच भएको पहिलो खेलमा न्यु देवदह बढी पिडित बिजयी भएको छ। त्यस्तै आयोजक सरहन बारी बि र शितलनगर मगर समाज बीच भएको दोस्रो खेलमा शितलनगर मगर समाज बिजयी भएको छ। आज भएको विशालनगर टतेरा र सेमरहना बीच भएको खेलमा विशालनगर बिजयी भएको छ। त्यस्तै चौथो खेल भलुही र मुढाबास बीच भएको थियो। उक्त खेलमा भलुही बिजयी भएको आयोजक टिमका अध्यक्ष समर जर्घाले जानकारी दिनु भएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij