बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

माघ २६ देखि दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिता हुने

माघ २६ देखि दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिता हुने

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    माघ २६ देखि दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिता हुने
    images
    images
    images

    देवदह २४ ,माघ।रुपन्देहीको देवदहमा माघ २६ गते देखि दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिता हुने भएको छ। डि-युनिटी क्लब देवदहको आयोजनामामा देवदह ५ मा रहेको पानबारी खेल मैदानमा दोस्रो देवदह नकआउट फुटवल प्रतोयोगिता हुने भएको हो। डि-युनिटी क्लवले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो। 

    देवदहका युवाहरुलाई प्रतियोगितामा सहभागी गराई प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्ने,खेलाडीहरुको क्षमताको विकास गर्ने ,राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडीहरु तयार पार्ने ,फुटवलको क्षेत्रमा सम्भावना बोकेका खेलाडीहरुको पहिचान गरी विकास गर्ने ,खेलाडीहरुमा सहकार्यको भावनाको विकास गर्ने,स्वस्थ प्रतिस्पर्धाको अभ्यास गराउने उदेश्य सहित  प्रतियोगिता संचालन गर्न लागिएको खेल संयोजक सन्तोष घलेले जानकारी गराउनुभयो। 

    images
    images
    images

    करिब १० लाख खर्च अनुमान गरिएको प्रतियोगितामा ५ लाख सामाजिक विकास मन्त्रालयको सहयोग ,देवदह नगरपालिका र बिभिन्न संघ सस्थाको आर्थिक सहयोग रहेको खेल संयोजक घलेले जानकारी दिनुभयो।

    नवलपरासी ,बारा ,पाल्पा ,नवलपुर ,रुपन्देही ,कपिलबस्तु जिल्लाका समेत गरी १२ टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ७५ हजार नगद शिल्ड मेडल र प्रमाण पत्र ,दोस्रो हुने टिमले नगद ७५ हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन।त्यस्तै उत्कृष्ट खेलाडिले १० हजार ,सर्बाधिक गोलकर्ताले १० हजार ,उत्कृष्ट मिड फिल्डरले १० हजार ,उत्कृष्ट डिफेन्सरले १० हजार उत्कृष्ट गोल किपरले १० हजार तथा प्रत्यक दिनको खेलमा म्यान अफ ड म्याच हुने खेलाडीले २५ सय पुरस्कार पाउने क्लबका सदस्य तथा भिम दर्लामीले जानकारी गराउनुभयो। 

    क्लबका सल्लाहाकार बिकास गहतराजको संचालनमा भएको पत्राकार सम्मेलन कार्यक्रममा क्लबका सदस्यहरु सचिन श्रेष्ठ,अजय गुरुङ, हरि केसी ,सुजन सिंजाली मगर लगायतको उपस्थिति रहेको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, माघ २४ २०७७०६:४०:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij