बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह म्याराथन: बर्दियाकि कल्पना र नवलपरासीका गिरिलाल ले जिते उपाधि

देवदह म्याराथन: बर्दियाकि कल्पना र नवलपरासीका गिरिलाल ले जिते उपाधि

images
  • 623
    SHARES

  • images
    images
    images
    देवदह म्याराथन: बर्दियाकि कल्पना र नवलपरासीका गिरिलाल ले जिते उपाधि
    images
    images
    images

    देवदह २४ ,माघ। रुपन्देही जिल्लाको देवदहमा देवदह क्वाटर म्याराथन २०७७ सम्पन्न भएको छ । लियो क्लब अफ लर्ड बुद्धको आयोजनामा उक्त म्याराथन सम्पन्न भएको हो । सो म्याराथनमा १४.५ किलोमिटर दुरि ५२ मिनट ०८ सेकेन्डमा पूरा गर्दै नवलपरासीका गिरिलाल कुवर पाण्डे पहिलो भएका हुन् । प्रतियोगितामा २ सय १३ जनाले सहभागीता जनाएका थिए । ५२ मिनट ५४ सेकेन्डमा दुरि पूरा गरेका शंकनगरका अभिषेक पाण्डेले दोश्रो स्थान हासिल गरे भने ५३ मिनट ५४ सेकेन्डमा पूरा गर्दै युग ज्योति मा.वि ,देवदह मा अध्यनरत छात्र आशिष् क्षेत्री तेश्रो भएका हुन् ।

    त्यसैगरी महिला तर्फ प्रथम भएकी बर्दियाकि कल्पना थारु १ घन्टा ७ मिनटमा दुरि पूरा गरेकी हुन् । १ घन्टा ९ मिनट ०७ मा पूरा गर्दै कैलालीकि सिमा चौधरी दोश्रो र दाङकि अनिषा चौधरीले १ घन्टा १३ मिनटमा दुरि पूरा गरी तेश्रो भइन । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको प्रदेश सभा सदस्य माननीय डा. कृष्ण न्यौपानेले कार्यक्रममा बोल्दै लियो क्लब अफ लर्ड बुद्धले देवदहलाई चिनाउने गरि देवदह क्वाटर म्याराथन २०७७को आयोजना गरि देवदह महामानब गौतम बुद्धको जीवन संग सम्बन्धित देवदहका पर्यटकिय स्थलको विकाशमा ईट्टा थप्ने काम गरेको र देवदहको खेलकुदमा महत्त्वपूर्ण योगदान गरेकोमा क्लब लाई धन्यवाद दिनु भएको थियो ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा केसी, देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह नगरपालिकाका कार्यपालिका सदस्य बन्दु कुमाल,देवदह खानेपानीका अध्यक्ष गुमान केसि , जिल्ला परिषद ३२५ बि २ का जिल्ला अध्यक्ष लियो कुबेर पाठक , एरिया कोडीनेटर लियो गोबिन्द बञ्जाडे ,रिजन कोडिनेटर लियो अस्मीता गौतम , स्टाटिक चिफ लियो कृष्ण खनाल ,लियो बिराट भुषाल, पुर्व अध्यक्षहरु गोपाल पाण्डे, दिपेश मल्ल, बिजेन्द्रमान शाक्य , कमल ज्ञवाली , विभिन्न विद्यालयका शिक्षक ,सामाजिक व्यक्तित्व लगाएतको बाक्लो उपस्थिति रहेको थियो। म्याराथनमा बिजेताहरुले प्रथम ,दोश्रो र तेश्रो हुने महिला तथा पुरुष तर्फ दुबैले नगद रु १५ हजार ,मेडल र प्रमाणपत्र ,१० हजार ,मेडल र प्रमाणपत्र र ५ हजार सहित मेडल र प्रमाणपत् क्रमशः पाएका थिए ।

    खैरेनी बुद्ध पार्कबाट सुरु भएको उक्त म्याराथन देवदह नगरपालिकाको भवन हुँदै , सिगाहा , भवानिपुर (बुद्धको मावली घर ) ,पाकडी ,शान्तिनगर, मायादेवी पार्क ,बन चौकी हुँदै पुन: बुद्ध चोक आएर टुङ्गिएको थियो । क्लबका अध्यक्ष लियो सन्दिप तिवारीको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय डा. कृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लियो सरोज शर्माले स्वागत गरेका थिए । कार्यक्रमको संचालन भने लियो अनुष्का घिमिरे र राहुल सापकोटाले गरेका थिए । उक्त कार्यक्रमको संयोजन लियो शंकर पंगेनीले गर्नु भएको थियो ।

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, माघ २४ २०७७०७:१०:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij