बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नवलपरासीको बञ्जरियाले हात पार्यो,गाउँ स्तरीय भलिवल प्रतियोगिताको उपाधि

नवलपरासीको बञ्जरियाले हात पार्यो,गाउँ स्तरीय भलिवल प्रतियोगिताको उपाधि

images
  • 377
    SHARES

  • images
    images
    images
    नवलपरासीको बञ्जरियाले हात पार्यो,गाउँ स्तरीय भलिवल प्रतियोगिताको उपाधि
    images
    images
    images

    रुपन्देहीको देवदहमा गाउँ स्तरिय चौथो भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कालिका युवा क्लब, देवदह ६ सरनबारीको आयोजनामा प्रतियोगिता माघ  २२ गते देखि संचाल भएको  थियो। 

    प्रतियोगिता बञ्जरिया भलिवल क्लब , नवलपरासी  प्रथम भएको छ । बञ्जरिया भलिवल क्लबले आयोजक टिम सरन युवा क्लबलाइ २५-१८, २५-१७ र २५-१९ को सोझो सेटमा जितेको हो । 

    images
    images
    images

    त्यस्तै सत्यवति भलिवल क्लब, गुल्मीले  ब्रोङ्से भलिबल क्लब, देवदह लाई  २५-२२ ,२०-२५ र २५-१० ले हराउदै
    सत्यवति भलिवल क्लब, गुल्मी तृतीय भएको छ । विजयी प्रथम टिमलाइ नगद विस हजार, ट्रफी र प्रमाण पत्र त्यसैगरी द्वितियलाई नगद चौध हजार, ट्रफी र प्रमाण पत्र अनि तृतीयलाई नगद आठ हजार ट्रफी र प्रमाण पत्र कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेश ,प्रदेश सांसद डा.कृष्ण न्यौपानेले प्रदान गर्नु भएको थियो । 

    त्यसैगरी उत्कृष्ट खेलाडी सरन युवा क्लबका कुमार आले, बेस्ट स्पाईकर बञ्जरिया भलिवल क्लबका अजय चौधरी र अनुशासित खेलाडी सत्यवती भलिवल क्लब गुल्मीका सुमन गलामी भएका थिए ।

    प्रतियोगितामा कुल २० टिम सहभागी रहेका खेल संयोजक चन्द्र रानले बताएका थिए ।समापन कार्यक्रम कालिका युवा क्लबका अध्यक्ष समर जर्घाको अध्यक्षता र असोक गैरेको संचालनमा भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, माघ २६ २०७७०९:२८:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij