बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

डि-युनिटी कप फुटवल प्रतियोगिता सुरु,उद्घाटन खेलमा आयोजक निलो बिजयी

डि-युनिटी कप फुटवल प्रतियोगिता सुरु,उद्घाटन खेलमा आयोजक निलो बिजयी

images
  • 740
    SHARES

  • images
    images
    images
    डि-युनिटी कप फुटवल प्रतियोगिता सुरु,उद्घाटन खेलमा आयोजक निलो बिजयी
    images
    images
    images

    माघ २६ ,देवदह। रुपन्देहीको देवदहमा दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिता सुरु भएको छ । डि-युनिटी क्लब देवदहको आयोजनामा आज देखि पानाबारी खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । 

    देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्रीले एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएको नगर प्रमुख खत्रीले नगरको खेलकुद विकासको लागि प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए। खेलकुदको विकासको लागि खेलाडीको क्षमता विकास र पुर्वधार निर्माणलाई जोड दिनु पर्ने उहाको भनाई छ ।युवाहरुले आयोजना गर्ने खेलकुद संगै हरेक सकारात्मक कार्यक्रममा नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख खत्रीले बताउनुभयो। 

    images
    images
    images

    May be an image of standing and outdoors

    खेल संयोजक सन्तोष घलेले प्रतियोगिताको बारेमा जानकारी दिदै वदहका युवाहरुलाई प्रतियोगितामा सहभागी गराई प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्ने,खेलाडीहरुको क्षमताको विकास गर्ने ,राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडीहरु तयार पार्ने ,फुटवलको क्षेत्रमा सम्भावना बोकेका खेलाडीहरुको पहिचान गरी विकास गर्ने ,खेलाडीहरुमा सहकार्यको भावनाको विकास गर्ने,स्वस्थ प्रतिस्पर्धाको अभ्यास गराउने उदेश्य सहित  प्रतियोगिता संचालन गर्न लागिएको बताउनु भयो। 

    May be an image of 7 people and people standing

    प्रतियोगितामा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ ,नगर प्रवक्ता तथा वडा नं ५ वडा अध्यक्ष झिल्लु न्यौपाने , देवदह नगर खेलकुद विकास समितिका अध्यक्ष तथा वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं , विकास गहतराज ,कार्यपालिका सदस्य बन्धु कुमाल ,बिष्णु पाण्डे ,गुमान सिंह कुवर ,देवदह प्रहरी चौकी प्रमुख दिपक महत लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन दिपेश मल्लले गर्नु भएको थियो।

    May be an image of 3 people, people standing and outdoors

    प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ७५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै,उत्कृष्ट खेलाडिले १० हजार ,सर्बाधिक गोलकर्ताले १० हजार ,उत्कृष्ट मिड फिल्डरले १० हजार ,उत्कृष्ट डिफेन्सरले १० हजार उत्कृष्ट गोल किपरले १० हजार तथा प्रत्यक दिनको खेलमा म्यान अफ ड म्याच हुने खेलाडीले २५ सय पुरस्कार पाउने छन्। 

    May be an image of 5 people, people standing and outdoors

    त्यस्तै आज भएको पहिलो खेलमा आयोजक टिम डि-युनिटी क्लब ( निलो ) ले बुद्धभुमी एकडमी,बासगडीलाई १-० गोलको अन्तरले पराजित गरेको छ । आयोजक टिमका केशव कुमालले खेलको पहिलो हाफको चौथो मिनेटमा गोल सोहि गोलनै निर्णायक बनेको थियो।  खेलको म्यान अफ दि म्याच समेत  केशव कुमालभएका थिए । प्रतियोगिताको दोश्रो खेल भने मंगलबार सितलपुर युथ क्लब र फर्सटिकट युथ क्लब बिच हुने आयोजकले जनाएको छ ।

    May be an image of standing and outdoors

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, माघ २६ २०७७०८:१८:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij