बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मदिरा सेवन गरि कुटपिट गरेको भन्दै वडाअध्यक्ष बिरुद्द उजुरी

मदिरा सेवन गरि कुटपिट गरेको भन्दै वडाअध्यक्ष बिरुद्द उजुरी

images
  • 791
    SHARES

  • images
    images
    images
    मदिरा सेवन गरि कुटपिट गरेको भन्दै वडाअध्यक्ष बिरुद्द उजुरी
    images
    images
    images

    माघ २७,देवदह।  रुपन्देहीका एक वडाअध्यक्ष माथि मदिरा सेवन गरि हातपात गरेको भन्दै उजुरी परेको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष यक बहादुर सुनारले चरंगेमा पिउनेपानीको जार छोडेर फर्कदै गरेका ३ युवालाई कुटपिट गरेको भन्दै वडा प्रहरी कार्यालयमा पिडित युवाहरुले जाहेरी दर्ता गरेका हुन्। 

    चरंगेमा सडक खण्ड मर्मत कार्य जारी रहेको निमार्णधिन घुम्तीनिर लु १ ज ३३३६ नम्बरको सेतो पिकअपमा पिउनेपानीको जार छोडेर फर्कदै गरेका ३ जना युवालाई वडाअध्यक्षले निघार्त कुटपिट गरेका हुन ।

    images
    images
    images

    देवदह पिउनेपानी (वर्षा) को ठेक्कामा काम गर्दै आएका सुक्लम श्रेष्ठ, आशिष राना मगर र राजेश बाराघरे पिउने पानी बेचेर फर्कदै थिए ।कुटाईबाट राजेश बाराघरेको नाकमा चोट लागेको उनले बताए ।

    मादक पदार्थ सेवन गरेका वडाअध्यक्षले आफनो क्षेत्र भएको भान हुने गरि दादागिरि देखाएको मगरले दुखेसो गरे । सवारी साधनमा क्षति भएको भए त्यसै अनुसारको कानुनी उपचार लिन सकिने भन्दै उनले हामीले कुनै गल्ती नै नगर्दा एकोहोरो खनिएको उनले बताए ।

    पिडित युवाहरुले रामनगरस्थित वडा प्रहरी कार्यालयमा मंगलबार पिडक वडाअध्यक्षलाई आवश्यक कारवाही गरिपाउ भन्दै निवेदन दिएका छन । युवाहरुले आफुहरुमाथि हातपात लछारपछार र कुटपिटका साथै अद्र ब्यवहारको कसुर गरेका वडाअध्यक्षलाई आवश्यक कारवाहीको माग गर्दै निवेदन दिएका हुन ।

    युवाहरुले आफूहरुमाथि हातपात लछारपछार र कुटपिटका साथै अभद्र ब्यवहारको कसुर गरेको आरोपसहित निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोविन्द रेग्मीले बताए ।

    ‘हामीले दुबै पक्षलाई छलफलका लागि बोलाएका छौं, अध्यक्ष ज्यूलाई फोन गर्दा आज पालिकाको बैठक भएकाले भोलि बस्ने भनेका छौ ।’-रेग्मीले भने, घटना बारे थप बुझेर कारबाही प्रक्रिया अगाडी बढाउँछौं।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, माघ २७ २०७७०७:१७:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij