माघ २७,देवदह। रुपन्देहीको देवदहमा दि युनिटी क्लब देवदहको आयोजनामा भैरहेको आजको खेलमा सितलपुर युथ क्लब सालझन्डी बिजयी भएको छ। फर्साटिकट युथ क्लब रुपन्देही संग भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिम बाट गोल हुन नसके पछि १० मिनेट समय थप गरिएको थियो। थप गरिएको समयको चौथो मिनेटमा सितलपुर युथ क्लब सालझन्डीको तर्फ बाट जर्सी नम्बर ४ का बिशाल ठकुरीले गोल गरेका थिए। सोहि गोलनै निर्णायक बनेको थियो।

खेलको म्यान अफ दि म्याच समेत बिशाल ठकुरी भएका छन्। म्यान अफ दि म्याच बने संगै ठकुरीले २५ सय रुपैया हात पारेका छन्।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ७५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै,उत्कृष्ट खेलाडिले १० हजार ,सर्बाधिक गोलकर्ताले १० हजार ,उत्कृष्ट मिड फिल्डरले १० हजार ,उत्कृष्ट डिफेन्सरले १० हजार उत्कृष्ट गोल किपरले १० हजार तथा प्रत्यक दिनको खेलमा म्यान अफ ड म्याच हुने खेलाडीले २५ सय पुरस्कार पाउने छन्।

भोलि माघ २८ गतेको खेल बारागढी युथ क्लब र सुनवल युथ क्लब बीच दिउसो २ बजे देखि संचालन हुने खेल संयोजक सन्तोष घलेले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij