बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बुटवल नुवाकोट बसन्तपुर केबुलकार सरर,शनिबार प्रधानमन्त्री ओलीले शिलान्यास गर्दै

बुटवल नुवाकोट बसन्तपुर केबुलकार सरर,शनिबार प्रधानमन्त्री ओलीले शिलान्यास गर्दै

images
  • 2.2K
    SHARES

  • images
    images
    images
    बुटवल नुवाकोट बसन्तपुर केबुलकार सरर,शनिबार प्रधानमन्त्री ओलीले शिलान्यास गर्दै
    images
    images
    images

    बुटवलमा दुई वटा केबल कार निर्माणको कार्य एकैपटक सुरु हुँदै छ। बुटवलबाट नुवाकोट र बसन्तपुर डाँडामा जानको लागि केबलकार निर्माण प्रक्रिया सुरु हुन लागेकाे हाे। दुबै केबलकारको केही दिनको अन्तरमा सिलन्यास हुँदै छ। बसन्तपुरको लागि ३ किलो मिटर लम्बाइको केबलकारको फागुन १ गते शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सिलन्यास गर्ने कार्यक्रम छ।
    केबलकारको सञ्चालनको लागि हालै बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी केबल कार प्रालीलाई ६.५ हेक्टर बन क्षेत्र उपयोग गर्न स्वीकृती दिइसकेको छ। प्रालीले रुपन्देही बुटवल उपमहानगरपालिका ३ को चुरे सामुदायिक बन समेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ गाउँपालिका ३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर वन क्षेत्र २५ वर्ष सम्म प्रयोग गर्न पाएको छ। 

    त्यसै गरी नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट बन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ। केबलकारको लागि छपान र रुख कटानको काम भइरहेको प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए।

    images
    images
    images

    ‘केही काम सुरु भइसकेको छ। फागुन १० गते भित्र सिलन्यास गरेर औपचारीक रुपमा काम अगाडि बढाउँछौं।’ उनले भने ‘अबको १८ महिना भित्र केबलकार सञ्चालनमा ल्याउने योजना छ।’ करिब २ किलोमिटर लामो केबलकारको लागि ७५ करोडको लागत अनुमान गरिएको गुरुङले बताए। सिद्धार्थ केबलकार प्रालीमा यस ५० जनाको लगानी रहेको छ।  
    एतिहासिक नुवाकोट र बसन्तपुरबाट टाढाटाढाका मनोरम दृष्य हेर्न सकिन्छ। यी केबलकार निर्माण भएपछि लुम्बिनी आउने पर्यटकहरुलाई आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, माघ ३० २०७७०८:४७:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij