फागुन ५,देवदह। पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ८ का कमल घर्ति मगर उपचार गर्न आर्थिक अभाव भएको कारण घरमै बस्न बाध्य भएका छन्।
केही समय देखि फोक्सो को समस्या ले ग्रसित ४० बर्षीय घर्ति सास फेर्न गाह्रो हुने, छाति दुख्ने, खोकी लाग्ने जस्ता लक्षण सहित देवदह नगरपालिका अन्तर्गत केरवानी स्वास्थ्य चौकीमा उपचारका लागि जानुभएको थियो। क्षयरोगको औषधि सेवन गरिरहनुभएका उहाँलाई केरवानी स्वास्थ्य चौकीले अवस्था जटिल देखेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरेको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा विभिन्न जाँच हरु गरेर हेर्दा फोक्सो पेट लगायत विभिन्न भागमा पानी भरिनुका साथै देब्रेतर्फको फोक्सोमा घाउ (Empyema Thoracic) पनि देखिएकोले उहाँलाई भरतपुर क्यान्सर अस्पतालमा रेफर गरिएको थियो।सोहि बमोजिम भरतपुर क्यान्सर हस्पिटलमा भर्ना गरिएको र Pancreatitis,,Left Pleural Effusion with Empyema Thoracic भएको र तत्काल को लागि Chest Tube Insertion गरेर उपचार गर्ने र शल्यकृया गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएपछि केही दिनको उपचार पछि आर्थिक अभाव भएको कारण घरमै आई बस्न बाध्य भएका हुन्। 
२ छोरा र १ छोरीको बुवा परिवारकै घर खर्च चलाउने घरमुली बिरामी भए पछि र तत्काल अप्रेसन गर्न २ लाख रुपैया लाग्ने र हाल औषधि किन्न समेत रकम अभाव भएको कारण सहयोगको लागि हात जोड्नु परेको घर्तिकी श्रीमती सिता घर्तीले बताइन।
क्षयरोगको औषधि र प्रारम्भिक उपचार गर्नु भएका केरवानी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट काशिराम रेग्मीले आफुहरुले सक्दो सहयोग गरेको र नगरपालिका लगायत बिभिन्न सरोकारवालाहरु मार्फत पनि सक्दो सहयोग गर्न अपिल गरिएको बताउनुभयो।
सहयोगको लागि
काशिराम रेग्मी
Esewa:-9843857057
लियो सन्तोष खरेल
Esewa:-9847187483
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij