फागुन ५,देवदह।रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत वडा नम्बर १२ मा अवस्थित प्रगति माध्यमिक बिद्यालयमा अध्यापन गराउने २ शिक्षक माथि गालीगलौज र निर्घात रुपमा कुटपिट भएको छ। शिक्षकहरु गणेश के.सी र ऋषिराम न्यौपानेलाई कक्षा ४ मा अध्यनरत एक विद्यार्थीका अभिभावकहरु कक्षा कोठामा पढाईरहेको समयमा मादक पदार्थ सेवन गरेर विद्यालयमा प्रवेश गरी हातपात गरेका हुन्।
![]()
शिक्षक माथि भएको आक्रमण तथा हातपात भएको प्रति नेपाल शिक्षक महासंघ देवदह नगर समितिले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ती जारी गर्दै नेपाल शिक्षक महासंघ देवदह नगर समितिले तत्काल छानबिन गरि कारबाहीको माग गरेका हुन्। महासंघका अध्यक्ष शेषनारायण रेग्मी र सचिव खुमप्रसाद भण्डारी द्धार हस्ताक्षर विज्ञप्तीमा घटनामा संङ्लग्नलाई हदै सम्मको कार्वाहीको माग गरिएको छ । महासंघले निर्धक्क भएर अध्यापन कार्यमा संलग्न हुन सक्ने वातारण निर्माणका लागि पहल गरिदिन सम्बन्धित निकायलाई ध्यान आर्कषण गरि बिज्ञप्ति निकालेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij