बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

शितलापुर युथले चुम्यो दोस्रो डि-युनिटी कप फुटवलको उपाधि

शितलापुर युथले चुम्यो दोस्रो डि-युनिटी कप फुटवलको उपाधि

images
  • 724
    SHARES

  • images
    images
    images
    शितलापुर युथले चुम्यो दोस्रो डि-युनिटी कप फुटवलको उपाधि
    images
    images
    images

    सुरज भट्टराई ,देवदह। दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिताको उपाधि रुपन्देहीको सितलापुर युथ क्लबले जितेको छ । प्रतियोगिता डि-युनिटी क्लब देवदहको आयोजनामा देवदह -५ को पानबारी खेल मैदानमा भएको थियो । 

    प्रतियोगिताको संयोजक सन्तोष घलेको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि समेत रहनु भएका मन्त्री बराले समापन  समारोहमा बोल्दै  खेलकुद  विकासको लागि प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए। लुम्बिनी प्रदेशका सबै जिल्लामा फुटबल तथा क्रीकेट एकेडेमी पनि सञ्चालन गर्ने कुरा बताउनु भएको थियो । खेलाडीहरुको सम्मानको लागि प्रदेश सरकारले पदक हासिल गर्ने खेलाडीलाई सम्मान पनि गर्दै आईरहेको र देवदहको पानबारी खेल मैदान र क्रीकेट मैदानलाई सम्भव भए सम्मको बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । खेलकुदको विकासको लागि खेलाडीको क्षमता विकास र पुर्वधार निर्माणलाई जोड दिनु पर्ने उहाको भनाई छ ।  प्रतियोगितामा लुम्बिनी प्रदेश , प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने , नगर प्रमुख हिरा केसी , नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ , नगर प्रवक्ता तथा वडा नं ५ वडा अध्यक्ष झिल्लु न्यौपाने , देवदह नगर खेल्कुद समिति अध्यक्ष तथा वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं , देवदह प्रहरी चौकी प्रमुख दिपक महत लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन दिपेश मल्लले गर्नु भएको थियो।

    images
    images
    images

    May be an image of standing, football, ball and grass

    पानबारी खेल मैदानमा भएको फाईनल खेलमा रुपन्देहीको सितलापुर युथ क्लबले नवलपरासीको देउराली फोर ब्रदर फुटबल क्लबलाई ३-१ को गोल अन्तरले पराजित गर्दै  उपाधि कब्जा गरेको हो । सितलापुर युथ क्लबका लागि जर्सी नं १० का एरोन थापाले दुई गोल र जर्सी नं ८० का टिम क्याप्टेन द्रोना थापाले १ गोल गरेका थिए । त्यस्तै देउराली फोर ब्रदर फुटबल क्लबका लागि जर्सी नं ११ का राजन छेत्रीले १ गोल गरेका थिए ।

    प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार रुपैँया सहित मेडल , ट्रफी र प्रमाणपत्र पाएका थिए भने दोश्रो हुनेले नगद ७५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएका थिए ।

    May be an image of 13 people, people standing and outdoors

    प्रतियोगिताको बेस्ट किप्पर सितलापुर युथ क्लबका सोजित गुरुङ , हाई स्कोरर देउराली फोर ब्रदर फुटबल क्लबका नवीन महत, बेस्ट स्टाईकर सितलापुर युथ क्लबका एरोन थापा , बेस्ट डिफेन्डर  सुजन गुरुङ र बेस्ट मिड फिल्डर सितलापुर युथ क्लबका टिम क्याप्टेन द्रोना थापा घोसित हुँदै  नगद रु १० हजारले सम्मानित भएका थिए ।  

    प्रतियोगितामा कुल १२ टिमले सहभागीता  जनाएका थिए भने प्रतियोगिता माघ २६ गते देखि सञ्चालन भएको थियो ।

    May be an image of 8 people, people standing and people sitting

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, फाल्गुण ९ २०७७०८:३५:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij