बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्रतिनिधिसभा पुनःस्थापना भए गन्जागोलको राजनीति शुरु हुन्छःप्रधानमन्त्री ओली

प्रतिनिधिसभा पुनःस्थापना भए गन्जागोलको राजनीति शुरु हुन्छःप्रधानमन्त्री ओली

images
  • 254
    SHARES

  • images
    images
    images
    प्रतिनिधिसभा पुनःस्थापना भए गन्जागोलको राजनीति शुरु हुन्छःप्रधानमन्त्री ओली
    images
    images
    images

    फाल्गुन ९,कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागभण्डा र तमासाको राजनीति शुरु हुने बताएका छन् । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो ।

    ‘देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ’, उनले भने, ‘समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।’ आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उनले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरे ।

    images
    images
    images

    अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उनले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताए । पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उनले जनाए । 


    उनले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताए । उनले भने, ‘अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ ।  म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।’ प्रधानमन्त्री ओलीले जनतालाई समस्या मुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताए ।
    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लडाकू व्यवस्थापनका क्रममा क्यान्टोनमेन्टमा ठूलो भ्रष्टाचार गरिएको उल्लेख गर्दै तत्कालीन पार्टीमा अमिक शेरचनको नेतृत्वमा बुझाइएको प्रतिवेदन दबाइएको बताए । लडाकूका बीचमा त्यो प्रतिवेदन नजाओस् भनेर च्यातिएको उनले जानकारी दिए । उनले औद्योगिक क्षेत्र बनाउने प्रक्रिया सुदूर पश्चिमबाट गरिएको उल्लेख पनि जानकारी दिए ।

    वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोरको कार्य अगाडि बढाउन सरकारले रु ९३ करोड रकम विनियोजन गरेको बताए । वनका कारण अड्किएको कोरिडोरको कार्य पूरा गर्नका लागि मन्त्रिपरिषद्को बैठकमा लगेर निर्णय गरी समाधान गरिने उनले जानकारी गराए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितको वर्षौदेखिको समस्या समाधान गर्नका लागि शक्तिशाली आयोग गठन गरिने उनले बताए । श्रम तथा रोजगारमन्त्री गौरीशङ्कर चौधरीले विकासको ढोका पश्मिबाट खुलेको चर्चा गर्नु हुँदै औद्योगिक क्षेत्र स्थापनापछि यसले आर्थिक समृद्धिमा टेवा पुर्याउने बताए । 

    सङ्घीय मामिला तथा सामान्य विकासमन्त्री गणेशसिंह ठगुन्नाले प्रम ओली नेतृत्वको सरकार आउनुअघिसम्म गर्व गर्न लायकको कुनै योजना नरहेको उल्लेख गर्दै आज गेटा मेडिकल कलेज, धनगढी विमानस्थललगायतका योजना अगाडि बढेका उल्लेख गरे। 

    उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले वर्तमान सरकारले ३९६ अस्पताल एकै साथ शिलान्यास गरेर कीर्तिमान कायम गरेको बताइन् । उनले कुराले मात्रै नभएर काम गरेर समृद्धिका कार्य अगाडि बढाएको उल्लेख गरिन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको कार्य पाँच वर्षभित्रै पूरा हुने बताए । उनले उद्योगलाई चाहिने विद्युत्, सडक पूर्वाधार, जग्गालगायत उपलब्ध गराइने जानकारी दिए । उद्योगको गुरुयोजनाको कार्य गरिएको उनले बताए । उद्योगका लागि ६ महिनाभित्र जग्गा उपलब्ध गराउने कार्य हुने उनले जानकारी दिए । उद्योग स्थापना भएपछि ५० हजार मान्छेलाई प्रत्यक्ष रुपमा रोजगारी दिइने उनले बताए ।

    उनले भोलिदेखि नै काम शुरु गरिने जानकारी दिए । पहिलो चरणमा ४०० बिघा जग्गामा १०० उद्योग स्थापनाको बाटो खुलाइएको जानकारी दिए । उनले अबको एक महिनाभित्र उद्योगका लागि आवेदन माग गरिने र छ महिनाभित्र जग्गा उपलब्ध गराइने बताए ।

    अध्यक्ष बस्नेतले चाँडै उक्त क्षेत्रमा पर्ने चार हजार रुख कटानको प्रक्रिया अगाडि बढाइने जानकारी दिए । उनले सो रुखको काटिने सङ्ख्या सो परिणाममा भए पनि बुट्यान बढी रहेका तथा सालका रुख ५०० को हाराहारीमा रहेका बताए । उनले एक उद्योगलाई पाँच कट्ठादेखि पाँच बिघा जग्गा छुट्याइएको जानकारी दिए ।  उनले भने, “जुन उद्योगले रोजगारी सुनिश्चितता गर्छ र काम गर्ने आशय पेश गर्छ त्यस उद्योगलाई बाटो, विद्युत्, पानीलगायतका सुविधा दिइन्छ ।”

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, फाल्गुण १० २०७७०८:५५:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij