दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापना गर्न सर्बोच्च अदालतले आदेश दिए पछि नेपाली भष्मासुरको बध गरेर अदालतले लोकतन्त्रको रक्षा गरेको प्रतिर्क्रिया दिएका छन्।
उनले अस्पतामा स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन सर्वोच्च अदालतको फैसला तिर भएको भन्दै यस्तो बताएका हुन् । ‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij